समायोजन खबर खोटाङ,खोटाङको साकेला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन परिणामको वैधानिकतामाथि प्रश्न उठाइएको छ। चैत ५ गते ईन्द्रकुमार तामाङ निर्वाचन अधिकृत रहेको स्ववियु निर्वाचन समितिले घोषणा गरेको स्ववियुको टिमको वैधतामाथि प्रश्न उठाइएको हो।
निर्वाचन समितिले यामकुमार खड्का नेतृत्वको अनेरास्ववियुको प्यानल स्ववियुमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो । तर नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तीकारी), समाजवादी विद्यार्थी युनियन र अनेरास्ववियूले सोही दिन संयुक्त विज्ञाप्ती जारी गर्दै जालझेल र कपटपूर्ण नियतले परिणाम घोषणा गरिएको भन्दै स्वीकार्य नहुने जनाएको थियो।
स्ववियु निर्वाचन परिणामकै बारेमा स्ववियु निर्वाचन अधिकृत तामाङको संयोजकत्वमा असन्तुष्ट विद्यार्थी संगठन सहित चैत ६ गतेको बसेको बैठकले ‘हालसम्म भएका निर्वाचन प्रकृयामा प्राविधिक समस्या भएका कारण पुःन चैत १० गते छलफल गरी स्ववियु निर्वाचन सम्पन्न गर्ने’ निर्णय गरेको छ। सो बैठकमा प्रअ शिवेन्द्रकुमार राई, कांग्रेस जिल्ला सदस्य किसन भुजेल, सिजन राई, नेविसंघका मोतिचन्द्र राई, सुमन आचार्य, अखिल (क्रान्तीकारी)का डार्विन राई, ज्ञानेन्द्र राई, अनेरास्ववियूका अनिता राई लगायतको उपस्थिति रहेको थियो । यद्यपी, सो बैठकमा अनेरास्ववियुले आफ्नो प्रतिनिधिको उपस्थिति नरहेको जनाएको छ।
स्ववियु निर्वाचन तालिका बमोजिम निर्वाचन प्रकृया पूरा गरी खड्का नेतृत्वको टिमलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको निर्वाचन अधिकृत तामाङ बताउँछन्। त्रिभुवन बिश्वविद्यालयको स्ववियु निर्वाचन तालिका अनुसार अन्य विद्यार्थी संगठन दर्ता हुन नआएको निर्वाचन समितिले जनाएको छ।
खोटाङका सात क्याम्पसमध्ये विद्यार्थी संगठनबीचमा सहमती नजुट्दा दिक्तेल बहुमुखी क्याम्पस, रावा क्याम्पस खार्पा, हलेसी क्याम्पस, खोटाङ क्याम्पस, खोटाङबजार, सिमपानी क्याम्पस, सिमपानी र चिसापानी क्याम्पसमा स्ववियु निर्वाचन टरेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology