• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

‘गाईघाट-दिक्तेल सगरमाथा लोकमार्ग’ अढाई दशकदेखि अलपत्र

‘गाईघाट-दिक्तेल सगरमाथा लोकमार्ग’ अढाई दशकदेखि अलपत्र


समायोजन खबर
  • आइतबार, चैत्र ५ २०७९

  • फोक्सिङटारस्थित धुलाम्मे सडक । सडकमा थुपारिएको गिटीमा झार पलाएको छ।

    समायोजन खबर खोटाङ, उदयपुर र खोटाङ जोड्ने निर्माणाधीन ‘गाईघाट-दिक्तेल सगरमाथा लोकमार्ग’ अढाई दशकदेखि अलपत्र छ। गाईघाट-फोक्सिन्टार सुनकोशी वारि उदयपुर खण्ड ५३ किलोमिटर र फोक्सिन्टारदेखि सदरमुकाम दिक्तेलसम्म खोटाङ खण्ड ४८ गरी १०१ किलोमिटर दूरीको लोकमार्ग निर्माण गर्न तीन खण्डमा ठेक्का लागेकोमा ठेकेदार भागेर बेपत्ता भएका कारण अलपत्र परेको हो ।

    तीन वर्षभित्र कालोपत्रेसहित निर्माण सम्पन्न गर्नेगरी ०७३ सालमै ठेक्का सम्झौता भएको खोटाङतर्फ कालोपत्रेको काम अहिलेसम्म सुरु नै नभएको गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरका प्रमुख डिई गोपाल खकुरेलले बताउनुभयो। खोटाङतर्फ ४८ किलोमिटर खण्डको कालोपत्रे गर्ने जिम्मा भारतरसिद्धि शाही जेवी र देवनारायणरपवनरमैनाचुलीरखम्पाचे जेवीले लिएका छन्। चार वर्षभित्र अर्थात ०७७ असार २९ गतेसम्ममा निर्माण सक्नेगरी महुरे-राजापानी खण्ड २२ किलोमिटर कालोपत्रे गर्न २०७३ असार ३० गते भारतरसिद्धि शाहीले ठेक्का लिएको हो। ४१ करोड ५० लाखमा सम्झौता गरेको ठेकेदारले हालसम्म ४१ प्रतिशत मात्र काम गरेको तर, कालोपत्रे भने सुरुसम्म नगरेको डिई खकुरेलले बताउनुभयो।

    खोटाङतर्फकै अर्को खण्ड राजापानी फोक्सिन्टार २६ किलोमिटर कालोपत्रेसहितको काम गर्ने ठेक्का लिएको देवनारायणरपवनरमैनाचुलीरखम्पाचे जेवीले पनि त्यसैगरी काम अलपत्र पारेर छाडेको छ। उक्त जेवीले पनि चार वर्षभित्रै अर्थात ०७७ साउन ११ गतेसम्ममा कालोपत्रेसहित सकेर योजना हस्तान्तरण गर्नेगरी ०७३ साउन ११ गते सम्झौता गरेको थियो। ५५ करोड ८७ लाखमा ठेक्का लिएको जेवीले हालसम्म स्तरोन्नतिको काम ६० प्रतिशत हाराहारी गरे पनि कालोपत्रेको काम भने सुरु गर्नै सकेको छैन।

    दुवै कम्पनीलाई चार करोड ७२ लाखका दरले र निकासा गरेको रकम ब्याजसहित फिर्ता लिएर कारबाही गर्दा पनि काम नगरेपछि ०७९ पुस ७ गते योजना कार्यालयले दुवैको सम्झौता रद्द गर्दै ठेक्का तोड्यो । तर, सो निर्णयविरुद्ध दुवै निर्माण कम्पनी उत्प्रेषणयुक्त परमादेशको माग गर्दै उच्च अदालत पाटन पुगे। निवेदकको माग दाबीबमोजिम उच्च अदालतले ०७९ माघ ४ गते सुनुवाइ गर्दै ‘ठेक्का नतोडी यथास्थानमा काम गर्न दिनू’ भनी योजना कार्यालयको नाममा अन्तरिम आदेश दिएको छ।

    यथास्थानमा काम गर्न दिएर अनुगमन गरी जानकारी पठाउने बेहोरोको अदालती आदेशपछि फेरि काम लगाउनुपर्ने बाध्यता आइपरेको डिई खकुरेलले बताउनुभयो। खकुरेलका अनुसार तीन वर्षभित्र सक्ने सम्झौता गर्ने ठेकेदारले पटक-पटक म्याद थप गर्दा पनि सात वर्षसम्म काम नसकेपछि ‘सार्वजनिक खरिद नियमावली’ ०६४९१२ औं ९संशोधन० बमोजिम कारबाही गरिएको हो।

    तर, अदालतले अन्तरिम आदेश दिएकाले काम गर्न दिनुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ छ। अनेक बहाना गरेर काम नगर्ने, कार्यालयको आदेश निर्देशन नमान्ने र कारबाही गर्दा अदालत गुहारेर भाँजो हाल्ने गर्दा गाईघाट दिक्तेल सडक बन्ने अपेक्षा धुमिल हुँदै गएको उहाँको भनाइ छ। सिद्धि शाहीका सञ्चालक दीपेन्द्र शाही र मैनाचुलीका सञ्चालक मदन अधिकारीलाई सडक अलपत्र पार्नुको कारण बुझ्न सम्पर्क गर्दा शाही र अधिकारी दुवैसँग सम्पर्क हुन सकेन।यो समाचार उदयपुरका पत्रकार सरोज निरौलाले लेख्नु भएको हो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology