समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका विपन्न परिवारको घरमा जस्तापाताको छाना लगाईएको छ। वडा कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा विपन्न तथा दलित वर्गलाई सुरक्षित आवासमा राख्ने उद्देश्यले विनियोजन गरेको पाँच लाख बजेटबाट विपन्न परिवारको घरमा जस्तापाताको छाना लगाईएको हो।
विपन्नहरुको अवस्थालाई हेरेर दलित, विपन्न तथा वस्नै नसक्ने अवस्थाकालाई फुसको छानो हटाई जस्तापाताको छाना लगाउने कार्यक्रम अन्तर्गत धितुङका दलित विपन्न संगिता रम्तेलको घरमा साँढे तीन बण्डलको टिनको छाना लगाईएको धितुङका वडाध्यक्ष टेकराज राईले जानकारी बिताए।
वडाध्यक्ष राईका अनुसार सुरक्षित आवास कार्यक्रम अन्तर्गत नै आगलागीबाट विस्थापित राजन सार्कीको घरमा तुरुन्तै जस्तापाता लगाइने तयारी भईरहेको छ । घर र जस्तापाता लगाउनेसम्मको तयारी स्वयंम् व्यक्तिले गरेपछि वडाले खरीद गरेर जस्तापाता दिने गरेको छ।
सुरक्षित आवास कार्यक्रमले १० घरमा छाना लगाउने लक्ष्य राखिएकोमा अझै साझेदारीमा कार्यक्रम गर्न सके १५ घरसम्मलाई जस्तापाता लगाउन सकिने वडाध्यक्ष राईको भनाई छ । सुरक्षित आवास कार्यक्रमबाट छुट्याईएको बजेटले चाँही १० घरलाई जस्तापाता दिन पुग्ने देखियो । तर, घरधनीले एक बण्डल र वडाले दुई बण्डलले दिने गरियो भने घर बढाउन सकिने रहेछ । वडाध्यक्ष राईले भने ।
यस्तै, चालू आर्थिक वर्षमा चारवटा आमा समुहलाई कुटानी पिसानी मिल वितरण गर्ने लक्ष्यले दुई लाख बजेट विनियोजन गरिएको पनि वडाध्यक्ष राईले जानकारी दिए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology