• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अरुण तेश्रोले मुआब्जा बितरणमा विभेद गरेको स्थानीयको गुनासो

अरुण तेश्रोले मुआब्जा बितरणमा विभेद गरेको स्थानीयको गुनासो


समायोजन खबर
  • आइतबार, फाल्गुन २८ २०७९

  • समायोजन खबर खोटाङ, अरुण तेश्रो परियोजनाले मुआब्जा वितरण गर्ने क्रममा विभेद गरेको साकेलाका स्थानीयहरुले बताएका छन्। साकेला गाउँपालिकाले अरुण तेश्रो ४०० मेगावट जलविद्युत आयोजनाबाट प्रभावित भएका स्थानीयहरुसँग गरेको छलफलको क्रममा उनिहरुले आफुहरुलाई विभेद गरेको बताएका हुन् ।

    साकेला ५ का पूर्व वडाअध्यक्ष वीरबल राईले स्थानीयहरुको चित्त बुझ्ने प्रकारको क्षतिपूर्ती उपलब्ध नगराए आयोजनाको काम गर्न नदिने बताउनुभयो । आयोजनाको ड्याम क्षेत्रमा प्रति रोपनी १२ लाख रुपैंया सम्म मुआब्जा उपलब्ध गराएको उल्लेख गर्दै उहाँले आफ्नो क्षेत्रमा पनि सोही अनुरुप मुआब्जा उपलब्ध गराउनुपर्ने बताउनुभएको हो ।

    आयोजनाबाट आफुहरु पीडित भएको स्थानीयको पटक पटक गुनासो आएपछि गाउँपालिकाले प्रभावित वडाहरुमा पुगेर नागरिकहरुसँग छलफल गरेको थियो । नागरिकहरुबाट उठेका समस्यालाई आगामी दिनमा अरुण तेश्रो आयोजना, लगानी वोर्ड, जिल्ला प्रशासन, जिल्ला समन्वय र साकेला गाउँपालिकाबीच हुने वैठकमा राखिने गाउँपालिकाले जनाएको छ । साकेला गाउँपालिका-४ निवासी भक्त बहादुर सार्कीको तीन वटा घर सहित १ रोपनी १० आना १ पैसा २ दाम जग्गा उक्त आयोजनामा परेको छ । सो वापत आयोजनाले सार्कीलाई ६ लाख ३३ हजार ५९१ रुपैंया उपलब्ध गराउँदैछ । आयोजनाले उपलब्ध गराएको उक्त रकमले अन्यत्र जग्गा किनेर घर बनाउन नसकिने सार्की परिवारको भनाई छ । गाउँमा एउटै घर निर्माण गर्न अहिलेको समयमा १० लाख बढी लाग्छ, त्यति पैसाले के गर्नु, मेरो त उठीबास नै हुनेभयो सार्कीको भनाई छ ।

    उता वडा नं। ५ निवासी निराकुमारी राईको नाममा रहेको घरजग्गाको कुनै लेखाजोखा छैन । घर माथिबाट हाइटेन्सन लाईन छ, घरसँगै जग्गा समेत तारमुनी परेको राई परिवारको भनाई छ । सोही स्थानका इनद्रबहादुर राईको घर पनि तारमुनी परेको छ । यद्यपी आयोजनाले तारमुनी पर्ने संरचनाहरुको क्षतिपूर्ती हालसम्म निर्धारण गरेको छैन । गाउँपालिकाले भने तारमुनी पर्ने जग्गा, भौतिक संरचना, घर, व्यवसायिक फर्म लगायत ऐतिहाँसिक र महत्वपूर्ण स्थानहरुको क्षतिपूर्ती निर्धारण गरेर मात्र आयोजनाको कार्य अगाडि बढाउन निर्देशन दिंदै आएको छ ।

    गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राई स्वयम आयोजना प्रभावित नागरिकहरुसँगको छलफलमा उपस्थित भएर नागरिकको समस्यालाई समाधान गर्न आफु संवेदनशिल भएको आश्वसन दिदै आउनुभएको छ । नागरिकलाई दुख दिएर गरिएको विकासले सार्थकता नपाउने बताउँदै उहाँले आफ्नो अडान नागरिकहरुको लागि भएको बताउनुभयो । आयोजना प्रति नागरिकको गुनासो गाउँपालिकामा आएपछि अध्यक्ष राईले तत्कालका लागि आयोजनाको कार्य स्थगित गर्न आदेश दिनुभएको थियो । साकेला १ को सेखुवामा काम थालेको आयोजनाको काम अहिले बन्द छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology