समायोजन खबर खोटाङ,खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा रहेको सरस्वती आधारभूत विद्यालयले आयोजना गरेको शिक्षकहरुको जिल्ला स्तरीय खुल्ला एकल ब्याडमिन्टन प्रतियोगितामा माउण्ट एभरेष्ट बोर्डिङ दिक्तेलका शिक्षक अशोक उदास प्रथम भएका छन् ।
माउण्ट एभरेष्ट बोर्डिङकै शिक्षक पार्जुन राई दोश्रो भएका छन् । आयोजक सरस्वती आधारभूत विद्यालयका शिक्षक मेघराज धमला र साकेला माविका शिक्षक हरि कुमार राई सेमिफाइनलिष्ट भएका छन् ।
प्रतियोगिताका प्रथम हुनेले नगद ११ हजार १११, दोश्रोले ७ हजार ७७७ र सेमिफाइनलिष्टले ४ हजार ४४४ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् विजयीहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र दिक्तेलका वडाध्यक्ष नवराज राईले पुरस्कार वितरण गरेका थिए।
मंगलबारदेखि सुरु भएर बुधबार सम्पन्न प्रतियोगितामा १५ टिमको सहभागिता थियो । १० पुषमा अजय बस्नेतको अध्यक्षतामा बनेको नयाँ विद्यालय व्यवस्थापन समितिले शिक्षकको शाररिक तन्दुरुस्ती र विद्यालयमा सञ्चालनार्थ दिवाखाजा कार्यक्रमलाई निरन्तरता दिन ब्याडमिन्टन प्रतियोगिता गराएको हो ।
सरकारले कक्षा १ देखि कक्षा ६ सम्मका विधार्थीलाई शनिबार बाहेक अन्य दिनमा दिवाखाजा कार्यक्रम अन्तर्गत १५ रुपैयाँ उपलब्ध गराउँदै आएको छ । योे महङ्गीमा १५ रुपैयाँले केही आउँदैन । विधार्थीले शिक्षा र स्वास्थ्यको सुविधा पाउनुपर्छ, शिक्षा जति आवश्यक छ, स्वास्थ्य त्यतिकै आवश्यक छ भनेर शिक्षा र स्वास्थ्यलाई सँगै लैजाने उद्देश्यले १५ रुपैयाँमा विद्यालयले श्रोत खोजी २५ रुपैयाँ थपेर दिवाखाजाका लागि ४० रुपैयाँ दिंदै आईरहेको विव्यास अध्यक्ष बस्नेतले बताउनुभयो ।
आम्दानीको श्रोत नभएको विद्यालयमा विधार्थीलाई २५ रुपैयाँ थप गरेर दिंदै जाँदा आर्थिक बोझ बढ्दै गएकाले दिवाखाजा कार्यक्रमलाई प्रभावकारी र निरन्तरता दिनै ब्याडमिन्टन प्रतियोगिता गराईएको विव्यास अध्यक्ष बस्नेतको भनाई छ ।
सामुदायिक विद्यालयहरुमा आएको दिवाखाजा कार्यक्रमको पैसा शिक्षकहरुले दुरुपयोग गरिरहेको अवस्थामा यस विद्यालयले उल्टै श्रोत खोजेर पैसा थपेपछि विव्यास र शिक्षकहरुको चौतर्फी प्रसंशा भएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology