समायोजन खबर खोटाङ, पुर्वशहरी विकास मन्त्री रामकुमारी झाक्री खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आयोजना गरिएको अन्तर्राष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्न आउने भएकी छन्। हलेसी तुवाचुङ नगरपालिकाको निमन्त्रणामा नेतृ झाक्री आगामी फागुन २४ गतेका दिन मनाइने १३३ औं अन्तर्राष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्न हलेसी आउने निश्चित भएको हो।
हलेसी तुवाचुङ नगरपालिकाले महादेवस्थान मन्दिर प्रांगणमा विविध कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय महिला दिवस मनाउने तयारी गरेको छ।
यसपल्ट ‘लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिलाको पहुँचको विस्तार’ भन्ने नारा सहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइदैछ। दिवसलाई सम्बोधन गर्नका लागि झाँक्री सहित नेतृ लक्ष्मी खतिवडा र प्रेरक वक्ता सुमी मानवलाई पनि निमन्त्रणा गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताईन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology