• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ उधोग वाणिज्य संघको आफ्नै सचिवालय भवन

खोटाङ उधोग वाणिज्य संघको आफ्नै सचिवालय भवन


समायोजन खबर
  • शनिबार, फाल्गुन १३ २०७९

  • खोटाङ उधोग वाणिज्य संघको सचिवालय भवनको उद्घाटन गर्नुहुदै प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ।

    समायोजन खबर खोटाङ,खोटाङ उधोग वाणिज्य संघले आफ्नै सचिवालय भवन निर्माण गरेको छ। घर भाडा लिएर कार्यालयको कामकाज गर्दै आएको संघले जिल्ला अदालतमूनि करीव दुई रोपनी जमिनमा पक्की सचिवालय भवन निर्माण गरेको हो।

    संघ स्थापना भएको करीव ४० वर्षपछि ५६ लाख २३ हजार ३०० मा निर्माण गरिएको एकतले सचिवालय भवनको २५ औं साधारणसभा तथा ११ औ अधिवेशनकोको अवसर पारेर शनिबार प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले उद्घाटन गर्नुभएको छ।

    भवन निर्माणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तत्कालिन मेयर दिपनारायण रिजाल, उपमेयर विणादेवी राईको कार्यकालमा बिनियोजन भएको २८ लाख, संघको साधारण सदस्यबाट संकलन गरिएको १६ लाख ८१ हजार ८३३ र खोटाङ उधोग वाणिज्य संघको ११ लाख ४१ हजार ४६७ रुपैयाँ खर्च भएको संघका कोषाध्यक्ष युधिर शाक्यले जानकारी दिए।
    एकतले भवनमा एकवटा सभाहल, कार्यालयगत कामकाजका लागि तीनवटा कोठा र दुई/दुई वटा शौचलाय र बाथरुम रहेको छ। साँढे ३ करोड लागतमा निर्माण गरिने साँढे तीन तले भवनको पहिलो तलाको काम केही समय अघि नै फिनिसिङ गरेर कार्यालयगत कामकाज गरिरहेको भए पनि औपचारिक रुपमा उद्घाटन भने संघको २५ औं साधारणसभा तथा ११ औ अधिवेशनको अवसर पारेर उद्घाटन गरिएको संघका अध्यक्ष उपिन कुमार राईले बताए।

    अध्यक्ष राईका अनुसार भवनको अन्य तला क्रमागत रुपमा बनाईनेछ। उधोगी, व्यवसायीहरुको हकहित लागि आवाज उठाउँदै आएको संघ ६ हजार खोटाङगे व्यवसायीहरुको छाता संस्था हो।
    यस्तै, कार्यक्रममा संघले आफ्नो स्मारिका पनि लोकार्पण गरेको छ। स्मारिका प्रकाशनमा लेखरचना उपलब्ध गराए वापत पत्रकार दमन राईलाई ५ हजार तथा स्थानीय उत्पादनलाई बजारीकरण गर्दै आएका चिमाल फलफुल प्रशोधन उधोगका सञ्चालक शुभचन्द्र राई र विभिन्न जातजातिको रितीरिवाजमा प्रयोग हुने घरेलु सामाग्रीहरु विक्रीवितरण गर्दै आएका व्यवसयाी किसन कुमार राईलाई ५/५ हजार नगदका साथमा सम्मान पत्रले सम्मान गरिएको छ।भवन निर्माणमा आर्थिक सहयोग गर्नुहुने ४५६ जनामध्ये उपलब्धहरुलाई सम्मान पत्रले सम्मान गरिएको संघका महासचिव मनोज कुमार वजिमयले जानकारी दिए।

    जिल्लामा १५ अरव भन्दा बढीको वस्तु तथा सेवा आयतामा खर्च हुने र अलैची, जडीवुटी तथा खसी, बोका, भेनियर, काठ लगायत सिमित वस्तुहरुमा मात्र २५ करोडको हाराहारीमा जिल्ला वाहिर निकासी हुने आकडा रहेको संघका अध्यक्ष राईले बताए। उल्लेखित परिदृष्यहरुलाई मध्यनजर गर्दै स्थानीय, प्रदेश, संघीय सरकारले दिगो आर्थिक विकास र समृद्ध खोटाङ निर्माणका लागि वस्तुपरक, तथ्यपरक, अल्पकालिन र दीर्घकालिन रणनीतिक विकास योजनाहरु निर्माणमा ध्यान पु¥याउन जरुरी रहेको अध्यक्ष राईको भनाई छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology