• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कार्यसम्पादन सुचक मूल्यांकनमा जन्तेढुंगा सबैभन्दा कम, दिक्तेल पहिलो

कार्यसम्पादन सुचक मूल्यांकनमा जन्तेढुंगा सबैभन्दा कम, दिक्तेल पहिलो


समायोजन खबर
  • बिहिबार, फाल्गुन ११ २०७९

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, कार्यसम्पादन सुचक मूल्यांकनमा खोटाङको १० स्थानीय तहमध्ये जन्तेढुंगा गाउँपालिकाले सबैभन्दा कम अंक ल्याएको छ। राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले प्रकाशित गरेको कार्यसम्पादन सूचक मूल्यांकन प्रतिबेदन अनुसार जन्तेढुंगा गाउँपालिकाले सबैभन्दा कम ४४.०८ अंक ल्याएको छ।

    प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्यांकन प्रतिबेदन अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सबैभन्दा बढी अंक प्राप्त गरेको छ। १० स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ६६.७८ अंक ल्याएको राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले जनाएको छ।

    दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ५९.८४ अंक, ऐसेलुखर्क गाउँपालिकाले ५७.७८ अंक, हलेसी तुवाचुङ नगरपालिकाले ५५.३० अंक, खोटेहाङ गाउँपालिकाले ५१.७० अंक प्राप्त गरेको छ। यस्तै, साकेला गाउँपालिकाले ५१.१३ अंक, रावाबेँसी गाउँपालिकाले ४९.०६ अंक, केपिलासगढी गाउँपालिकले ४७.५९ अंक र बराहपोखरी गाउँपालिकाले ४६.४८ अंक पाएको आयोगको प्रतिबेदनमा उल्लेख छ।

    असार १० गतेभित्र राजस्व र व्यायको अनुमान गाउँसभा/नगरसभामा गरे/नगरेको, असार मसान्तभित्र राजस्व र व्यायको अनुमान पारित गरे/नगरेको, आर्थिक वर्ष २०७७/०७८ मा कायम भएको बेरुजु रकम, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) प्रयोग गरे/नगरेको, आवधिक योजना तर्जुमा गरे/नगरेको लगायतका सुचकको आधारमा कार्यसम्पादन सुचक मूल्यांकन गरिएको हो।

    यस्तै, घरजग्गा रजिष्ट्रेशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे/नगरेको, आर्थिक वर्ष २०८०/०८१ को आयव्याय प्रक्षेपण गरिएको तथ्यांक सहितको विवरण २०७९ पुस सान्तभित्र अर्थ मन्त्रालयमा पेस गरेन/गरेको, आर्थिक वर्ष २०७९/०८० को बजेट कार्यान्वयनको वार्षिक समिक्षा गरी ततसम्वन्धी विवरण २०७९ कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, चार पटक गर्भ जाँच गर्ने महिलाको संख्या लगायतको आधारमा कार्यसम्पादन मूल्यांकन गरिएको आयोगले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology