• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

शिक्षिकाको सरुवा विरुद्ध नेपाल शिक्षक संघ आन्दोलनमा उत्रियो

शिक्षिकाको सरुवा विरुद्ध नेपाल शिक्षक संघ आन्दोलनमा उत्रियो


समायोजन खबर
  • बिहिबार, फाल्गुन ११ २०७९

  • समायोजन खबर खोटाङ,खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले शिक्षिकालाई राजनीतिक आस्थाको आधारमा अपायक पर्ने ठाउँमा सरुवा गरेको भन्दै नेपाल शिक्षक संघ आन्दोलनमा उत्रिएको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित राम्चे निकेतन मावि इजारामा प्राशि तृतीय (राहत दरवन्दी) पदमा कार्यरत शिक्षिक विमला पौडेललाई दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित सितला माबि ओख्रेमा सरुवा गरिएको भन्दै शिक्षक संघले संघर्ष समिति र एकीकृत अखिल नेपाल शिक्षक संगठनसँगको सहकार्यमा चरणवद्ध आन्दोलन घोषणा गरेका छन्।

    शिक्षिका पौडेललाई यथास्थानमा कामकाज गर्ने वातावरण तयार गर्न माग गर्दै गत फागुन ४ गते बुझाइएको दुई बुँदे ज्ञापन–पत्रको बेवास्ता गरिएको भन्दै असन्तुष्ट नेपाल शिक्षक संघले बुधबार चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

    विरोधमा उत्रिएको शिक्षक संगठनले फागुन ११ र १२ गते गाउँपालिकाको कार्यालय अगाडि बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म धर्ना दिने, फागुन १३ गतेदेखि १५ गतेसम्म रिले अनसन गर्ने, फागुन १६ गतेदेखि अनिश्चितकालिन विद्यालय बन्द गर्ने र धर्नालाई निरन्तरता दिने घोषणा गरेको छ। संघले फागुन ७ गतेभित्र शिक्षिका सरुवा गर्ने निर्णय बदर नभए चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो।

    गाउँपालिकाको मौजुदा शिक्षा ऐन विपरित वैचारिक आस्था र प्रतिशोधका आधारमा घर अपायक पर्ने ठाउँमा शिक्षिकाको सरुवा गरिएको नेपाल शिक्षक संघका दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष पवन राईले बताए।
    गाउँपालिकाको शिक्षा ऐनमा ‘अपांगता भएका शिक्षक शिक्षिका र महिलालाई पायक पर्ने स्थानमा सरुवा गरिने’ व्यवस्था विपरित शिक्षिकाको सरुवा भएको संघले जनाएको छ। पौडेल २०६२ सालदेखि राम्चे निकेतन माविमा कार्यरत छिन्। गाउँपालिकाबाट माघ २२ गते सरुवाको पत्र प्राप्त भए पनि पौडेलले सितला माबि ओख्रेमा हाजिर हुन अस्वीकार गर्दैआएकी छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology