• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बैशाखमा ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’

बैशाखमा ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’


समायोजन खबर
  • शुक्रबार, फाल्गुन ५ २०७९

  • समायोजन खबर खोटाङ,खोटाङमा ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ हुने भएको छ। जन्तेढुंगा गाउँपालिका र जन्तेढुंगा खेलकुद विकास समितिको आयोजनामा आगामी २ वैशाखदेखी ९ बैशाखसम्म गोल्डकप हुन भएको हो।

    जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको खर्क खेलमैदानमा हुने गोल्डकपको विजेताले २ लाख ५५ हजार ५ सय उपविजेताले १ लाख ५५ हजार ५ सयका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। सेमिफाइनलिष्ट दुई टिमले नगद ५०/५० हजारसहित प्रमाणपत्र प्राप्त पाउने छन्।

    प्रतियोगिताका बेष्ट स्टाइकर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डरलाई १०/१० हजार र एकजना म्यान अफ द म्याचलाई ५ हजारको पुरस्कार राशि राखिएको जन्तेढुंगा खेलकुद विकास समितिले शुक्रबार गाउँपालिकाको कार्यालयमा पत्रकार सम्मलेन गरेर जानकारी दिएको छ।

    गोल्डकप आयोजना गर्न अनुमानित ३० लाख भन्दा माथिको लागत लाग्ने बताइएको छ। खेलाडीहरुका लागि खाना, बासलगायतको व्यवस्थापन तथा १५ दिनभित्र टिम दर्ताको प्रकृया सुरु गरिने बताइएको छ।

    फुटबलमा व्यावसायिक खेलाडी उत्पादन तथा व्यवसायीकरणका लागि गोल्डकपको आयोजना गरिएको जन्तेढुंगा खेलकुद विकास समितिका अध्यक्ष सुमन राईले बताए। खेलाडीसँगे गाउँपालिकाको पहिचान, सम्मान र गरिमा अभिवृद्धिका लागि पनि गोल्डकपको आयोजना गरिएको गर्न लागिएको हो। राईले भने।

    फुटबल खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्न पालिकास्तरीय खेलकुद विकास समिति एन्फामा दर्ता गर्ने प्रकृया पनि अगाडि बढाइनेछ।खेलकुदको माध्यमबाट खेलाडीसँगै सामूहिक भावनाको विकास तथा पालिकाकाको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्धन तथा प्रचार–प्रसारमा समेत टेवा पुग्ने समितिका सचिव अमित राईले बताए।

    गोल्डकपलाई सफल बनाउन खेल क्षेत्र, निकाय, तथा आम खेलप्रेमी जनसमुदायलाई अपिल गरिने आयोजकको भनाई छ। गोल्डकपलाई सहयोग गर्ने दातालाई कार्यक्रम समापनका दिन धन्यबादसहितको कदर पत्र प्रदान गरिनेछ।
    देश तथा विदेशमा रहेका खेलप्रमी महानुभावहरुबाट गोल्डकप सफल बनाउन सहयोग पुग्ने अपेक्षा रहेको आयोजकले जनाएको छ। पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष अरुणा देवी राई र उपाध्यक्ष खेम बहादुर खड्का लगायतको सहभागिता रहेको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology