समायोजन खबर खोटाङ, खोटाङमा बनमा लागेको डढेलोले एकै व्यक्तिको दुई घर जल्दा दश लाख बराबरको क्षति भएको छ। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम डाँडाखर्कका बकसे बस्नेतको दुईवटा घर र एकवटा गुवाली जल्दा १० लाख बराबरको क्षति भएको हो।
बुधबार दिउँसो साढे दुई बजे दुर्छिमको आमकासुकसे सामुदायिक बनमा लागेको आगो अचानक हावाले उडाई ल्याउँदा बस्नेतको ढुंगा र माटोले बनेको फुसको छानो भएको दुई तल्लाको दुई वटा घर र काठले बनेको गाईबस्तु राख्ने एकवटा गुवाली पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगोले दुईवटा घरमा भएको लत्ताकपडा, भाडावर्तन, अन्नपात, नगद १ लाख, सुन ४ तोला, चाँदी २ तोला र गुवालीमा रहेको गाईको बाछी १ वटा तथा १ वटा बाख्रा पूर्णरुपमा जलेको छ।
आगोलाई स्थानीय र प्रहरीले साँझ ६ बजेर ४० मिनेटमा नियन्त्रणमा लिएको थियो। आगलागीबाट मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology