• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङबजारमा म्याद गुज्रेका खाद्यवस्तु जफत

खोटाङबजारमा म्याद गुज्रेका खाद्यवस्तु जफत


समायोजन खबर
  • सोमबार, फाल्गुन १ २०७९

  • समायोजन खबर खोटाङ, खोटाङको खोटेहाङ गाउँपालिकाको खोटाङबजारमा भारी मात्रामा म्याद गुज्रेका खाद्यवस्तु जफत गरिएको छ।
    इलाका प्रशासन कार्यालय खोटाङबजारका प्रमुख तथा बजार अनुगमन अधिकृत मोहनबहादुर राई संयोजकत्वको टोलीले सोमबार गरेको बजार अनुगमनका क्रममा ३६ हजार १ सय ९५ मुल्य बराबरको म्याद गुज्रेका खाद्यवस्तु जफत गरेको हो।

    औषधि, पेय पदार्थ, विस्कुट, चिउरा, खानेतेल, बेसार, सरफ, आँटा, अलैँची, चिजवललगायतका म्याद गुज्रेका खाद्य सामग्री जफत गरेर नष्ट गरिएको छ । अनुगमन टोलीले १९ प्रकारका म्याद गुज्रेका खाध्य सामग्री जफत गरेर जलाएको हो।

    सबैभन्दा बढी औषिधि र कष्मेटिक सामान म्याद गुज्रिएको अवस्थामा भेटिएको छ। औषधि १२ हजार १ सय ४० र कस्मेटिक सामान १० हजार पाँच सय ७५ मुल्य बराबरको जफत गरेर नष्ट गरिएको खोटेहाङ गाउँपालिका उपाध्यक्ष एवं गाउँपालिकाका अनुगमन समिति संयोजक रुपेश राईले जानकारी दिए।

    व्यापारी तथा व्यवसायीबाट म्याद गुज्रिएका खाध्यान्न तथा औषधि विक्रीवितरण गरेर मानव स्वास्थ्यसँग खेलबाड भइरहेको जनगुनासोको आधारमा बजार अनुगमन गरिएको उनको भनाई छ। आगामि दिनमा कुनै पनि म्याद गुज्रिएको सामग्री बिक्रीवितरण भए हदैसम्मको कारवाही गरिने राईले जानकारी दिए।

    यस्तै, बजार अनुगमन अधिकृत राई संयोजकत्वको टोलीले आइतबार जन्तेढुंगा गाउँपालिकाको चिसापानी बजारमा पनि भारी मात्रामा म्याद गुज्रेका खाद्यवस्तु जफत गरेको थियो।

    बजार अनुगमनका क्रममा ३९ हजार ३०८ रुपैयाँ बराबरको म्याद नाघेको पेय पदार्थदेखि, विस्कुट, चिउरा, खानेतेल, सस, मसला, फुरन दाना लगायतका खाद्य सामग्री जफत गरेर नष्ट गरेको थियो।

    बजार अनुगमनका क्रममा म्याद नाघेको खानेतेल, चिजवल, सस, एचवि बम, कुरुम चिउरा, धुलो खुर्सानी, बेसार, मिक्स मसला, जिरा, हजमोला, सरफ, मेहेन्दी, भ्यासलिन, लिपगार्ड, फुरन दाना, विस्कुट, सुजी, आटा, सन्चो लगायतका २६ प्रकारको सामग्री फेला परेको थियो।
    गाउँपालिकाको केन्द्रका रुपमा रहेको चिसापानी बजारमा ७ हजार ७४० रुपैयाँ बराबरको म्याद नाघेको पेय पदार्थ भेटिएको थियो। म्याद नाघेको सामग्रीलाई संकलन गरेर चिसापानीकै विपि चोकमा जलाएर नष्ट गरिएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology