समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पिपलडाँडा देवीस्थान माध्यमिक विद्यालयले जितेको छ।
नगरपालिकाको वडा नम्बर ३ च्यास्मिटारको खेलमैदानमा शनिबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण, २ रजत र ५ कास्य गरी कुल १४ पदकसहित मंगलटारस्थित पिपलडाँडा देवीस्थान माध्यमिक विद्यालयले उपाधि जितेको हो।प्रतियोगितामा अर्खौलेको सरस्वती माध्यमिक विद्यालय ५ स्वर्ण, ६ रजत र ३ कास्य गरी कुल १४ पदकसहित दोश्रो भएको छ।
राजापानीस्थित ज्योति माध्यमिक विद्यालय ५ स्वर्ण, ३ रजत र २ कास्य गरी कुल १० पदक सहित तेश्रो भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख पदम बहादुर कार्कीले जानकारी दिनुभयो।
यस्तै, महेन्द्रोय माध्यमिक विद्यालयले ५ स्वर्ण र ३ कास्य पदक हात पार्दा च्यास्मिटार माध्यमिक विद्यालयले ३ स्वर्ण, ६ रजत र ७ कास्य, दुर्छिम माध्यमिक विद्यालयले २ स्वर्ण, ३ रजत र १ कास्य, बुलापन्थे माध्यमिक विद्यालयले २ स्वर्ण र २ रजत पद हात पारेका छन्।
दाम्लि माध्यमिक विद्यालयले १ स्वर्ण, ४ रजत र २ कास्य, लक्ष्मी माध्यमिक विद्यालयले २ रजत र ३ कास्य, जनता माध्यमिक र कालिका माध्यमिक विद्यालयले १ रजत र १ कास्य पदक हात पार्दा मालिका माध्यमिक विद्यालय र हलेश्वर बोर्डिङ स्कुलले कुनै पदक पनि हात पार्न सकेन।
नगरपालिका भित्रका १३ वटा विद्यालयका ४ सय ५६ जना खेलाडी सहभागी प्रतियोगिताको बिहिबार प्रतिनिधिसभा सदस्य सरस्वती वजिमयले उद्घाटन गर्नुभएको थियो। स्वर्ण, रजत, कास्य पदक विजेताले मेडल, प्रमाण पत्र प्राप्त गरेका छन्। प्रत्येक इभेण्टको छात्राछात्रतर्फ विजेता विद्यालयलाई ट्रफी र प्रमाणपत्र र विद्यामा विजेता विद्यालयलाई रनिङ शिल्ड प्रदान गरिएको छ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गराउन केन्द्रले १ लाख दिने गर्छ । तर, भौगोलिक विकटता तथा महंगीका कारण एक लाखले प्रतियोगिता गराउन संम्भव नभएपछि नगरपालिकाले आन्तरिक श्रोतबाट चार लाख व्यवस्थापन गरी पाँच लाखमा प्रतियोगिता सञ्चालन गरेको नगरपालिकाका मेयर विमला राईले बताउनुभयो। सोही बजेटबाट प्रत्येक विद्यालयलाई प्रतियोगितास्थल आउँजाउँ तथा अन्य व्यवस्थापन खर्च पनि उपलब्ध गराइएको छ। दुरीको आधारमा ३० हजारदेखि ५० हजारसम्म प्रति विद्यालयलाई खर्च उपलब्ध गराईएको उहाँले बताउनुभयो।
प्रतियोगिताका स्वर्ण जित्ने खेलाडीले जिल्ला स्तरीय प्रतियोगितामा खेल्न पाउनेछ। जिल्ला स्तरीय प्रतियोगिताको टुंगो लागेके छैन। नगर स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोश्रो संस्करणको उपाधि महेन्द्रोदय मावि महादेवस्थान र पहिलो संस्करणको उपाधि दुर्छिम मावि दुर्छिमले उचालेकोे थियो।
विगत दुई वर्ष गरिएको नगर स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तुलनामा तेश्रो संस्करणमा सत प्रतिशत विद्यालयको उपस्थिति भएको मेयर राईले बताउनुभयो । खेलकुदलाई व्यवसायिक रुपमा अघि बढाउन नगरपालिकाले तीनवर्ष अघि फुटबल र करातेको प्रशिक्षक नियुक्ती गरेको थियो। नगरपालिकाको विभिन्न स्थानमा फुटबल र करातेको प्रशिक्षण भइरहेको छ। चालू आर्थिक वर्ष २०७९/०८० मा एकजना मुवाथाईको पनि प्रशिक्षक नियुक्ती गरिएको मेयर राइले बताउनुभयो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology