• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साकेला गाउँपालिकामा ४८१ जनालाई शिविरबाट सामाजिक सुरक्षा भत्ता वितरण

साकेला गाउँपालिकामा ४८१ जनालाई शिविरबाट सामाजिक सुरक्षा भत्ता वितरण


समायोजन खबर
  • बुधबार, माघ ११ २०७९

  • समायोजन खबर खोटाङ, खोटाङको साकेला गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को दोश्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता शिविर मार्फत वितरण गरेको छ । वैङ्किङ प्रणाली मार्फत वितरण गरिएको सामाजिक सुरक्षा भत्ता ४८१ जनाले ५५ लाख २९ हजार ५ सय रुपैंया बुझेका छन् । गाउँपालिकाले वर्षको ३ पटक शिविर मार्फत प्रत्येक वडा र टोलहरुमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ।

    शारीरिक रुपमा अशक्त भई बैंक सम्म पुगेर सामाजिक सुरक्षा भत्ता बुझ्न नसक्ने लाभग्राहीको सहजताका लागि साकेला गाउँपालिका र नेपाल एसबिआई बैंकबीच भएको सम्झौता अनुसार वडा वडामा शिविर सञ्चालन गरेर रकम वितरण गर्ने गरिएको छ।
    सामाजिक सुरक्षा भत्ता वितरण शिविर माघ ३ गतेदेखि खिदिमाबाट सुरु गरिएको थियो। उक्त दिन खिदिमाका ७६ जना लाभग्राहीलाई ७ लाख ५ सय रुपैंया सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो । माघ ४ गते मात्तिम ४ नम्बर वडा कार्यालयमा ६१ जना लाभग्राहीहरुको लागि ६ लाख ५४ हजार र माघ ५ गते ५ नम्बर वडा मात्तिमबिताबाट ९६ जना लाभग्राहीहरुको लागि १० लाख ९४ हजार रुपैंया भत्ता वितरण गरिएको थियो।

    माघ ६ गते रतन्छामा १०९ जना लाभग्राहीहरुको लागि १२ लाख ५९ हजार, माघ ९ गते बाँझेच्यानडाँडाका ७७ जना लाभग्राहीहरुको लागि ८ लाख ७१ हजार र सोही वडाको चण्डेश्वरी आधारभूत विद्यालयमा माघ १० गते सञ्चालन गरिएको शिविरमा ७१ जना लाभग्राहीहरुको लागि ७ लाख ५१ हजार रुपैंया भत्ता बाँडिएको थियो।शिविरस्थलमा उपस्थित हुन नसक्ने लाभग्राहीहरुको लागि भने नजिकै रहेको नेपाल एसबिआई बैंकबाटै भत्ता झिक्न सकिने व्यवस्था मिलाईएको छ। उनीहरुले देशभरीको कुनै पनि शाखाबाट आफुले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता रकम बुझ्न सक्नेछन्। वडाबाटै सामाजिक सुरक्षा भत्ता सहज रुपमा प्राप्त हुनेभएपछि लाभग्राहीहरु खुशी छन् । यसो गर्दा घण्टौं लगाएर बैंक पुगेर लाईन बस्नुपर्ने बाध्यता हटेको छ भने गाउँमै सेवा लिन पाएपछि वृद्ध अवस्थाका नागरिकलाई सहज भएको बाझेच्याडाँडका ज्येष्ठ नागरिक ललित बहादुर देउजाले बताए।

    चालु आर्थिक वर्षको दोश्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता बुझ्ने साकेलाका लाभग्राहीहरुको संख्या १ हजार ३०३ जना छन्। उनिहरुको लागि १ करोड ३० लाख २८ हजार ६२६ रुपैंया निकासा भएको थियो । साकेला गाउँपालिकाले आव २०७७/०७८ को दोश्रो चौमासिकबाट पूर्ण रुपमा बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आईरहेको छ।

    हामी जनताको सेवक हौं, अझ ज्येष्ठ नागरिक तथा शारीरिक रुपमा अशक्तहरुको सहजताको लागि निरन्तर विविध कार्य गर्दै आएका छौं। गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले भन्नुभयो, त्यस्त लाभग्राहीहरुको सेवाका लागि कुनै कसर बाँकी राखिने छैन। आवश्यकता अनुसार कतिपय अशक्त अवस्थाका लाभग्राहीहरुको घर–घरै बैंकका प्रतिनिधि तथा आफ्ना कर्मचारीहरु पुगेर सेवा प्रवाह गरिरहेको अध्यक्ष राईको भनाई छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology