• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पाँच दिनपछि विद्यालयमा लगाईएको ताला खुल्यो

पाँच दिनपछि विद्यालयमा लगाईएको ताला खुल्यो


समायोजन खबर
  • सोमबार, माघ ९ २०७९

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ,खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको ज्योति माध्यमिक विद्यालयमा लगाइएको ताला पाँच दिन पछि खुलेको छ। प्रधानाध्यापक रामदेव यादबको लापारबाहीसँगै शिक्षक समयमा उपस्थित नभएको भन्दै विद्यार्थीले बिहिबार विद्यालयमा ताला लगाएका थिए। सोमबार ताला खुलाएर पठनपाठन सुरु भएको छ।

    नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रुद्र कुमार राई, शिक्षा शाखा प्रमुख पदम बहादुर कार्की, वडाध्यक्ष अनिश कार्की लगायतको समुहले विद्यालयमा लगाइएको ताला खोलेको हो। संयोजक राई, शाखा प्रमुख कार्की, वडाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभाबक संघ, अभिभाबक लगायत सरोकारवाला निकायको छलफलले विद्यालयको ताला खोलेको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो। हिउदे विदा सकिएर माघ ३ गतेबाट विदालय सञ्चालनमा आएपनि प्रधानाध्यापक यादबसहित पाँच जना शिक्षक माघ ५ गतेसम्म उपस्थित नभएपछि आक्रोसित बन्दै विद्यार्थीले विद्यालयमा ताला लगाएका थिए।

    समयमा उपस्थित नहुने प्रधानाध्यापक यादब, शिक्षकहरु रञ्जन नेपाल, अम्बिरलाल ठाकुर, जिबछ यादब र बदन हास्दालाई वडा शिक्षा समितिले तीन दिन भित्र बुझाउने गरी लिखित स्पष्टीकरण सोधेको वडाध्यक्ष कार्कीले बताउनुभयो। चित्तबुझ्दो जवाफ नआएमा कानुन अनुसार कारबाहीका लागि सिफारिस गरिने निर्णय भएको उहाँको भनाइ छ।

    प्रधानाध्यापक यादबले भने पटक पटक विद्यालयमा लापरबाही गरेकाले कारबाहीको लागि सिफारिस गरिएको छ। कसैलाई जानकारी नगराइ, लिखित निमित्त प्रधानाध्यापक नदिएरै विद्यालयबाट पटक पटक बेखबर बनेकाले कारबाहीको लागि सिफारिस गरिएको उहाँले बताउनुभयो। वडा शिक्षक समितिले निर्णय गरेका कतिपय निर्णयको पनि पालना नभएको प्रधानाध्यापक यादबमाथी आरोप छ। प्रधानाध्यापकको बिकल्प खोज्ने अवस्थामा वडा पुगेको वडाध्यक्ष कार्कीको भनाइ छ।

    तत्कालै नगरपालिकाबाट पनि प्रधानाध्यापक र अनुपस्थित शिक्षकलाई स्पष्टीकरण सोधिने शिक्षा शाखा प्रमुख कार्कीले बताउनुभयो। प्रधानाध्यापक र शिक्षकमाथी प्रश्न उठाउदै विद्यार्थीले ताला लगाएपछि शनिबार र आइतबार बिदा रहेकाले सोमबार विद्यालय खुल्ने समयमै नगरपालिका र वडाको समुह पुगेर विद्यालयको ताला खुलाएको उहाँको भनाइ छ। प्रधानाध्यापक र शिक्षक माथी नियम अनुसार कारबाही गरिनेसमेत उहाँले बताउनुभयो।

    यता प्रधानाध्यापक यादबले भने आफु विद्यालयकै कामले उपस्थित नभएको बताउनुभएको छ। हिउदे विदामा लहान घर भएको र कक्षा ११/१२ का विद्यार्थीको परिक्षा फारम र राजश्व परिक्षा बोर्ड कार्यालय लहानमै बुझाउनु पर्ने भएकाले आउन केही दिन ढिला भएको उहाँको भनाइ छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology