समायोजन खबर खोटाङ, खोटाङको सोल्मा स्पोर्टस् क्लवले फागुन दोश्रो साता वडास्तरिय फुटबल प्रतियोगीता गर्ने तयारी गरेको छ। फुटबलको व्यवसायीक बिकासमा टेवा पु¥याउने उद्धेश्यकासाथ क्लवले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित खेलमैदानमा फागुन ६ गतेदेखि फागुन १३ गतेसम्म वडास्तरिय फुटबल प्रतियोगीता गर्ने तयारी गरेको हो।
प्रतियोगीतामा प्रथम, दोश्रो र सेमीफाइनलिष्ट हुने टिमले क्रमशः नगद एक लाख ११ हजार १११, ६६ हजार ६६६ र ३३ हजार ३३३ रुपैयाँ पुरस्कार प्राप्त गर्ने सोल्मा स्पोर्टस् क्लवका अध्यक्ष ध्रुवबिक्रम राईले बताए।
प्रतियोगीताका अनुशासित टिम र बेष्ट प्लेयरलाई पाँच हजार ५५५, बेष्ट किपर, बेष्ट डिफेण्डर, बेष्ट मिड फिल्डर, हाइ स्कोरर, बेष्ट कोच र योङगेष्ट प्लेयरलाई जनही तीन हजार ३३३ रुपैयाँ प्रदान गरिने क्लवले जनाएको छ । एलाभेन साईजको खेलमा खोटाङभित्रका वडालाई मात्र सहभागी गराइने छ । फुटबल टिममा एकै वडाको खेलाडी हुनुपर्ने छ। तीनजना खेलाडी भने खुल्ला हुने क्लवले जनाएको छ। प्रतियोगीताका लागि माघ २७ गते बेलुका ५ बजेसम्म टिम दर्ता गरिने र माघ २८ गते खेल तालिका सार्वजनिक गरिने क्लवका अध्यक्ष राईले बताए।
स्थानीयको अग्रसरतामा सोल्मामा गरिएको खेलमैदानमा सोल्मा स्पोर्टस् क्लवले फुटबल प्रतियोगीता सञ्चालन गर्दैआएको छ । खेलमैदानको थप काम सुरु भएपछि केही वर्ष यता फुटबल प्रतियोगीता अवरुद्ध भएकोमा खेलमैदानको काम सकिएपछि पुःन फुटबल प्रतियोगीतालाई निरन्तरता दिन लागिएको अध्यक्ष राईले बताए। वडास्तरिय फुटबल प्रतियोगीताको अवसरमा एक जना पत्रकारलाई पाँच हजार ५५५ रुपैयाँ राशीको सोल्मा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गर्ने क्लवले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology