• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साकेला गाउँपालिकामा ज्येष्ठ नागरिक र अपाङगताका लागि घरदैलो अभियान

साकेला गाउँपालिकामा ज्येष्ठ नागरिक र अपाङगताका लागि घरदैलो अभियान


समायोजन खबर
  • बुधबार, पौस २७ २०७९

  • समायोजन खबर खोटाङ, शारीरिक रुपमा अशक्त भई बैंक सम्म पुगेर सामाजिक सुरक्षा भत्ता बुझ्न नसक्ने लाभग्राहीको सहजताका लागि साकेला गाउँपालिकाले घरदैलो कार्यक्रम सञ्चालन गरेको छ। साकेला गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा र नेपाल एसबिआई बैंकको सँयुक्त आयोजनामा सञ्चालन गरिएको घरदैलो कार्यक्रमबाट ९० वर्ष भन्दा माथिका जेष्ठ नागरिक तथा क वर्गको अपाङ्गता भएका लाभग्राहीहरु लाभान्वित भएका छन्।

    बैंक तथा बैंकले सञ्चालन गर्ने शिविरहरुमा उपस्थित भएर खाता खोल्न तथा भत्ता रकम बुझ्न नसक्ने लाभग्राहीको घर–घरमै पुगेर बैंङ्किङ सेवा प्रवाह गरिएको हो। गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त अभियान सञ्चालन गरिएको हो।

    बाँझेच्यानडाँडा, रतन्छा र खिदिमाका विभिन्न टोल तथा बस्तीहरुका घरघरमा पुगेर अशक्त अवस्थाका लाभग्राहीहरुलाई सेवा प्रदान गरिएको हो। त्यस्तै वडा नं. ४ र ५ मा पनि उक्त अभियान सञ्चालनको तयारी गरिएको छ। अशक्त अवस्थाका लाभग्राहीहरुको घरमा पुगेर बैंक खाता खोल्ने तथा ९० वर्ष माथिका लाभग्राही र अपाङ्गता भएका लाभग्राहीहरुको हकमा बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ज्ञज्ञज्ञ अनुसार हकवाला कायम गरिएको छ । उक्त सेवाबाट विभिन्न टोलका ६० जना भन्दा बढी लाभग्राहीले सेवा पाएका छन्।

    अशक्त अवस्थाका नागरिकहरुको सेवामा हामी प्रतिवद्ध छौं, गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले भन्नुभयो यस्ता अभियानहरु आवश्यक परेको अवस्थामा निरन्तर गरिनेछ। साकेलामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको सङ्ख्या चालु आर्थिक वर्षको दोश्रो त्रैमासिक सम्म १३ सय ३ जना छन्। गाउँपालिकाले सम्पूर्ण लाभग्राहीहरुको सुविधाका लागि प्रत्येक वडा वडामा सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविर समेत सञ्चालन गर्दै आएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology