समायोजन खबर खोटाङ, नेपाल दशनामी समाज जिल्ला कार्य समिति खोटाङको अध्यक्षमा छत्र पुरी चयन भएका छन्। आईतबार सम्पन्न समाजको तेस्रो जिल्ला अधिवेशनले पुरीको अध्यक्षतामा सर्वसम्मत नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा प्रमोद कुमार गिरी, सचिवमा भक्त बहादुर गिरी, कोषाध्यक्षमा रत्न बहादुर पुरी चयन भएका छन्। नम्रता गिरी, सविता गिरी, समसेर गिरी, कमल पुरी र ज्ञान बहादुर पुरी सदस्यमा चयन भएका छन्।
हलेसीस्थित होटल भिलेजमा सम्पन्न तेस्रो अधिवेशनमा केन्द्रीय अध्यक्ष रुद्र गिरि, महासचिव तुलसिराज गिरि लगायतको उपस्थिती थियो।
कार्यक्रममा जिल्लामा दशनामीबाट निर्वाचित जनप्रतिनिधि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष कमल गिरी, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका– १० अर्खौलेका वडाध्यक्ष अर्जुन कुमार पुरीलाई सम्मान गरिएको छ।
यस्तै विभिन्न वडामा निर्वाचित वडा सदस्यहरु रत्न बहादुर पुरी, नन्दी केशर बन, कृष्ण कुमारी पुरी र खगेन्द्र गिरीलाई सम्मान गरिएको समितिका निवर्तमान सचीव खगेन्द्र वनले जानकारी दिएका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology