• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अनुप स्मृति गोल्डकपको फाइनलमा नेर्पा र डिएफसी भिड्ने

अनुप स्मृति गोल्डकपको फाइनलमा नेर्पा र डिएफसी भिड्ने


समायोजन खबर
  • बिहिबार, पौस २१ २०७९

  • चियाबारी फुटबल क्लब इलामको गोल छेक्दै नेर्पा स्पोर्टस क्लबका खेलाडी (हरियो जर्सी)

    समायोजन खबर खोटाङ, अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करणको फाइनलमा नेर्पा स्पोर्टस क्लब नेर्पा र आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी) पुगेको छ।
    बिहीबार दिक्तेलस्थित माटिकोरे खेलमैदानमा भएको सेमिफाइनल खेलमा चियाबारी फुटबल क्लब इलामलाई हराउँदै नेर्पा र मानेभन्ज्याङ स्पोर्टस क्लब ओखलढुंगालाई हराउँदै डिएफसी फाइनलमा पुगेका हुन्।

    नेर्पाले २ का विरुद्ध ६ गोल गर्दै इलामलाई सेमिफाइनलिष्टमा सिमित बनाईदिएको छ। नेर्पाका तर्फबाट खेलको ८ मिनेट ३९ सेकेण्डमा साइमन लिम्बुले दुई गोल, सुदिप श्रेष्ठले २० मिनेटमा एक गोल, बिकी राईले २७ मिनेटमा एक गोल र बिजु भुजेलले ४५ मिनेटमा एक गोल गरे। ६६ मिनेटमा पुनः बिकीले अर्को गोल थपे। इलामकातर्फबाट खेलको १४ र ३५ मिनेटमा सञ्जय रम्तेलले दुई गोल गरे।

    आजै भएको अर्को सेमिफाइनल खेलको निर्धारित समयमा डिएफसीका मनिष लिम्बुले खेलको १५ मिनेट र ओखलढुंगाका मनकृष्ण राईले १८ मिनेटमा एकएक गोल मात्रै गरेपछि अतिरिक्त समय थपिएको थियो। अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा ५ का विरुद्ध ६ गोल गर्दै डिएफसीले फाइनलको यात्रा तय गरेका हुन्। ओखलढुंगा सेमिफाइनलिष्ट बने।

    सेमिफाइनलिष्ट इलाम र ओखलढुंगाले २५/२५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। फाइनल खेल नेर्पा र डिएफसीबिच शनिबार बिहान ११ बजे हुने खेल संयोजक युधिर शाक्यले जानकारी दिए। नेर्पा गोल्डकपको दोश्रो संस्करणको विजेता हो। नेर्पाले तेश्रो संस्करणको उपाधि उचाल्न सक्छ सक्दैन, त्यो शनिबार टुङ्गो लाग्नेछ।

    माउण्ट एभरेष्ट इंग्लिस बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी(केएफए)को सह–आयोजनामा आईतबारदेखि भईरहेको गोल्डकप विजेताले दुई लाख ५१ हजार, उपविजेताले एक लाख ११ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

    उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट टिम प्रशिक्षकले नगद पाँच हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। अनुशासित टिमले नगद पाँच हजार ५५५ का साथमा ट्रफी र प्रमाणपत्र पाउनेछन्। मेन अफ द टुनामेन्ट र सर्वाधिक गोलकर्ताले नगद सात हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology