• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिप्रुङ विरुद्ध इलामको शानदार जित, केएफए बाहिरियो

दिप्रुङ विरुद्ध इलामको शानदार जित, केएफए बाहिरियो


समायोजन खबर
  • सोमबार, पौस १८ २०७९

  • दिप्रुङका विरुद्ध गोल फकाउँदै इलामका खेलाडी।(सेतो जर्सीमा)

    समायोजन खबर खोटाङ,अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करण अन्तर्गत दिप्रुङ चुइचुम्मा गाउँपालिका विरुद्ध शानदार जित निकाल्दै चियाबारी फुटबल क्लब इलामले विजयी सुरुवात गरेको छ।

    सोमबार दिक्तेलस्थित माटिकोरे खेलमैदानमा इलामले दिप्रुङलाई १ का विरुद्ध ३ गोल गर्दै जित निकालेको हो। इलामको तर्फबाट रोशन मगरले लगातार तीन गोल गरेका थिए। मगरले प्रतियोगिताको ३३, ३८ र ६९ औं मिनेटमा गोल गरेका हुन्।

    इलामका जर्सी नम्बर ११ को पासमा हेडमार्फत पहिलो गोल गरेका मगरले त्यसपछि दुई गोल गरेका हुन्। दिप्रुङका सुमन लिम्बले ६१ औं मिनेटमा एक गोल फर्काएका थिए। प्रतियोगितामा सुरुवाती चरणबाटै इलामलाई दबाबमा राखेको दिप्रुङले गोल गर्ने अवसर पाए पनि गोल गर्न नसक्दा अन्ततः हार व्यहोर्नु परेको छ।
    अब इलामले खारम्बु स्पोर्टस क्लब खार्मी र मानेभन्ज्याङ स्पोर्टस क्लब ओखलढुंगामध्ये विजयीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । खार्मी र मानेभन्ज्याङको खेल मंगलबार भोली अपरान्ह २ बजे हुनेछ।
    यस्तै, खोटाङ फुटबल एकेडेमी(केएफए)लाई शुन्यका विरुद्ध दुई गोल गर्दै आयोजक दिक्तेल फुटबल क्लब(डिएफसी)ले पनि जित निकालेको छ। खेलमा आयोजकका तर्फबाट मनिष योङहाङ र बिशाल तामाङले एक एक गोल गरेका हुन्। अब, आयोजकले मितेरी युवा क्लब मोरङसँग खेल्नुपर्नेछ।
    माउण्ट एभरेष्ट इंग्लिस बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी(केएफए)को सह–आयोजनामा आईतबारदेखि भईरहेको गोल्डकप विजेताले दुई लाख ५१ हजार, उपविजेताले एक लाख ११ हजार, सेमिफाइनलिष्ट दुई टिमले २५/२५ हजार नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मूल आयोजक समिति संयोजक सागर जोशीले जानकारी दिनुभयो।

    उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट टिम प्रशिक्षकले नगद पाँच हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। अनुशासित टिमले नगद पाँच हजार ५५५ का साथमा ट्रफी र प्रमाणपत्र पाउनेछन्। मेन अफ द टुनामेन्ट र सर्वाधिक गोलकर्ताले नगद सात हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने, हरेक प्रतियोगिताका म्यान अफ द म्याचले नगद दुई हजार पुरस्कार पाउनेछन्।

    माउण्ट एभरेष्ट इंग्लिस बोर्डिङ स्कुलमा कक्षा नर्सरीमा अध्ययनरत अनुप राईको २०६८ जेष्ठ २ गते दिक्तेलस्थित पुरानो बैंकचोक नजिक सवारी दुर्घट्नामा ज्यान गएपछि उनको सम्झनामा प्रत्येक वर्ष अनुप स्मृति गोल्डकप गरिदै आएको छ। पहिलो र दोश्रो संस्करण प्रत्येक वर्ष गरिए पनि कोभिडका कारण तेश्रो संस्करण लम्बिएको ताम्राकारको भनाई छ।

    यसअघि २०७३ चैत २३ गतेदेखि २७ गतेसम्म पहिलो र २०७५ बैशाख २६ गतेदेखि ३१ गतेसम्म दोश्रो संस्करण सञ्चालन भएको थियो। प्रथम संस्करणमा एक लाख ११ हजार १११ र दोश्रो संस्करणमा एक लाख ५१ हजार १११ पुरस्कार राशी राखिएको थियो। संस्करणसँगै पुरस्कार राशी पनि बृद्धि गरिदै लगिएको हो। दुई संस्करण गोल्डकपको रुपमा सम्पन्न भएको अनुप स्मृति गोल्डकपलाई तेश्रो संस्करणसँगै आमन्त्रित गोल्डकपमा परिणत गरिएको हो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology