• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाम्राङका अग्नि पिडितलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषको राहत

बाम्राङका अग्नि पिडितलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषको राहत


समायोजन खबर
  • आइतबार, पौस १० २०७९

  • समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ झिसेपुका अग्नि पीडितलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले आर्थिक सहयोग गरेको छ। खोटाङ समाज हङकङले स्थापना गरेको कोषले आईतबार घट्नास्थलमा पुगेर पिडितलाई राहत वितरण गरेको हो।

    ९ पुसमा भएको आगलागीबाट विस्थापित भएका मैया श्रेष्ठ, कृष्ण श्रेष्ठ र कर्ण कुमार श्रेष्ठलाई जनही १० हजारका दरले राहत वितरण गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किरातीले जानकारी दिए।

    २०७२ सालमा खोटाङ समाज हङकङको सक्रियतामा आर्थिक संकलन गरेर २०७४ सालदेखि कानुनी मान्यता प्राप्त भई राहत वितरण गर्दै आएको कोषले आगलागी, बाढी पहिरो, हावाहुरी, चट्याङ लगायतका प्राकृतिक विपदमा तत्काल राहत उपलब्ध गराउने गरेको छ।

    मैया श्रेष्ठको घरमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा उनको घर, नगद १ लाख २० तोला चाँदी, मोवाईल, टिभी लगायत सम्पूर्ण मालसामानहरु जल्दा २७ लाख ३५ हजारको क्षति भएको छ।

    कृष्णको घर, नगद १ लाख ५० हजार, दुई तोला सुन, एक थान मोवाईल लगायत सम्पूर्ण सामानहरु पूर्णरुपमा जलि नष्ट हुँदा २८ लाख ८३ हजार ५०० र सोही ठाउँका कर्ण कुमारको घर, घरभित्रका मालसामानहरु जलि नष्ट हुँदा २८ लाख २८ हजार क्षति भएको छ।
    आगलागीबाट मानीवय तथा चौपायामा क्षति नपुगेको प्रहरीले जनाएको छ। अग्नि पिडित आफन्त र छिमेकीको घरमा बसीरहेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology