समायोजन खबर खोटाङ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले बाम्राङका अग्नि पिडितलाई राहत सामाग्री प्रदान गरेको छ। शनिबार अपरान्ह(३ः४० बजे) भएको आगलागीबाट विस्थापित भएका तीन परिवारलाई तत्काल राहात सामाग्री प्रदान गरेको हो।
अग्नि पिडित मैया श्रेष्ठ, कृष्ण श्रेष्ठ र कर्ण कुमार श्रेष्ठको परिवारलाई प्रति परिवार त्रिपाल दुई थान, कम्बल २/२ थान, म्याट्रीस १ थान, बाल्टिन १ वटा, भाडासेट प्रदान गरिएको रेडक्रसका मन्त्री छत्रकुमार वजिमयले जानकारी दिनुभयो।
राहात सामाग्री प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाइले वितरण गर्नुभएको थियो। मैयाको घरमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा श्रेष्ठ उनको तीन तले घर, नगद १ लाख २० तोला चाँदी, मोवाईल, टिभी लगायत घरभित्र रहेको सम्पूर्ण मालसामानहरु पूर्णरुपमा जल्दा २७ लाख ३५ हजार क्षति भएको छ।
कृष्णको तीन तले घर, नगद १ लाख ५० हजार, दुई तोला सुन, एक थान मोवाईल लगायत घरभित्र भएको सम्पूर्ण सामानहरु पूर्णरुपमा जलि नष्ट हुँदा २८ लाख ८३ हजार ५०० र सोही ठाउँका कर्ण कुमारको तीन तले घर, घरभित्र रहेको सम्पूर्ण मालसामानहरु जलि नष्ट हुँदा २८ लाख २८ हजार क्षति भएको छ।
आगोलाई प्रहरी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा अपरान्ह ४ः४० मा पूर्णरुपमा नियन्त्रणमा लिईएको थियो।
आगलागीबाट मानीवय तथा चौपायामा क्षति नपुगेको प्रहरीले जनाएको छ। अग्नि पिडित परिवार आफन्त र छिमेकीको घरमा बसेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology