समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित झिसेपुमा आगलागी हुँदा साढे ८४ लाख बढीको क्षति भएको छ। शनिबार अपरान्ह(३ः४० बजे) भएको आगलागीबाट तीन घर पूर्णरुपमा जलेर नष्ट हुँदा ८४ लाख ५६ हजार ५०० क्षति भएको हो।
मैया श्रेष्ठको घरमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा श्रेष्ठ, कृष्ण श्रेष्ठ र कर्ण कुमार श्रेष्ठको घर पूर्णमा जलेर नष्ट भएको छ। आगलागीबाट मैयाको तीन तले घर, नगद १ लाख २० तोला चाँदी, मोवाईल, टिभी लगायत घरभित्र रहेको सम्पूर्ण मालसामानहरु पूर्णरुपमा जल्दा २७ लाख ३५ हजारको क्षति भएको प्रहरीले जनाएको छ।
कृष्णको तीन तले घर, नगद १ लाख ५० हजार, दुई तोला सुन, एक थान मोवाईल लगायत घरभित्र भएको सम्पूर्ण सामानहरु पूर्णरुपमा जलि नष्ट हुँदा २८ लाख ८३ हजार ५०० र सोही ठाउँका कर्ण कुमारको तीन तले घर, घरभित्र रहेको सम्पूर्ण मालसामानहरु जलि नष्ट हुँदा २८ लाख २८ हजार क्षति भएको प्रहरी नायब उपरिक्षक मञ्जिल मुकारुङले बताउनुभयो।
आगोलाई प्रनाउ मुकारुङको कमाण्डमा गएको २६ जना टोली र प्रहरी बिट रत्नपार्कबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा गएको ८ जना टोली गरी ३४ जना प्रहरी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा अपरान्ह ४ः४० मा पूर्णरुपमा नियन्त्रणमा लिईएको थियो। आगलागीबाट मानीवय तथा चौपायामा क्षति नपुगेको प्रहरीले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology