• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नगरपालिका संघको कोषाध्यक्षमा विमला राई चयन

नगरपालिका संघको कोषाध्यक्षमा विमला राई चयन


समायोजन खबर
  • बुधबार, पौस ६ २०७९

  • हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई।

    समायोजन खबर खोटाङ, नगरपालिका संघको कोषाध्यक्षमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई चयन हुनुभएको छ। काठमाण्डौमा सम्पन्न संघको आठौं महाधिवेशनबाट राई कोषाध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो।

    जिल्लाकै पहिलो महिला मेयर राई नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन्।

    ४३ सदस्यीय कार्य समितिको अध्यक्षमा धादिङको निलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना सर्वसम्मत चयन हुनु भएको छ। उहाँ नेपाली कांग्रेसका तर्फबाट निर्वाचित नगरप्रमुख हुनुहुन्छ।

    उपाध्यक्षमा नेकपा माओवादी केन्द्र निर्वाचित सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा चयन हुनुभएको छ।
    महासचिवमा नेकपा एमालेका तर्फबाट दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी चयन हुनु भएको छ भने उपमहासचिवमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल चयन हुनुभएको छ। सहकोषाध्यक्षमा हेटौंडा उपमहानगरपालिका प्रमुख एकीकृत समाजवादीक मीना लामा चयन हुनुभएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology