समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका आगलागी पिडितलाई गाउँपालिकाले तत्काल राहत उपलब्ध गराउने भएको छ।
सोमबार साँझ साढे ५ बजे आगलागी भई पाँच घरमा पूर्ण क्षति पुगेपछि गाउँपालिका उपाध्यक्ष गुरुराज राईको अध्यक्षतामा बसेको आकस्मिक बैठकले आगलागी पिडित परिवारलाई लागि तत्काल पुनस्थापना गर्न राहत उपलब्ध गराउने निर्णय गरेको हो।
यस्तै, वैठकले आगलागी पिडित परिवारका लागि क्षतिपुर्ति उपलब्ध गराउन संघीय सरकार र प्रदेश सरकार लगायत सम्पूर्ण सरकारी तथा गैर सरकारी निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ।
स्थानीय व्यवसायी दिपक गुरुङको घरबाट सुरु भएको आगोले गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ, शुभराज राईको घर जलेको छ।
व्यापार व्यवसाय सञ्चालन हुँदैआएको बजारका अन्य घरमा आगो फैलिन नदिन स्थानीय अकबर राईको घर जेसिभि र स्काभेटर लगाएर भत्काइएको छ। आगो स्थानीय र प्रहरीले नियन्त्रण लिएको हो। आगलागीबाट ५ करोडको क्षति भएको अनुमान गरिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology