समायोजन खबर खोटाङ, खोटाङको रावाबेसी गाउँपालिकाले तोरीको तेलमा आत्मनिर्भर बन्ने अवधारणा अघि सारेको छ। पालिकाभित्रका अधिकांश भूभागमा तोरी खेती हुनेभएकाले तेल बाहिरबाट आयत गर्न रोक्ने योजना अघि सारेको हो।
गाउँपालिकामा तेलहन बाली उत्पादनको लागि उर्वरभुमि हुँदाहुँदै पनि करोडौको खाध्य तेल आयत भइरहेकाले पालिकाले तोरी खेती गर्ने कार्यक्रम सुरु गरेको गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले बताए। केही समय अघि ६ वटै वडाको तोरी खेती हुने भूभागको छनोट गरेर कृषकहरुबाट पालिकाले आवेदन माग गरेको थियो। कृषकहरुले दिएको आवेदनको आधारमा तोरीको बिउ वितरण गर्न सुरु गरिएको अध्यक्ष श्रेष्ठले बताए।
कुभिण्डेको खैरेनि, चालिसे, कुखुरे, वेल्टार, खार्पाको दसमुरे, जलजले, लामिडाँडाको तिर्पा बेँसीको भूभाग तोरी खेतीका लागि छनोट भएका छन्। डुम्रे धारापानीको कटहरे बेँसी, खार्पाटार, दुवेकोलको राउटार, हौचुरको हौचुरबेसी, गिद्दे बेसी, टार बेसी र भैसे टारलाई तोरी खेतीका लागि गाउँपालिकाले छनोट गरेको कृषि प्राविधिक उद्धप बास्तोलाले जानकारी दिए। छनोटमा परेका क्षेत्रका ६ सय ५० जना कृषकले आवेदन दिएका थिए।
आवेदन आएका कृषकको जग्गा र सिँचाइको अवस्था हेरेर बिउ वितरण गर्ने गरिएको बास्तोलाको भनाइ छ। कृषकलाई वितरणका लागि पालिकाले एक हजार २६० केजी तोरीको बिउ खरिद गरेको छ । हालसम्म वडा नम्बर १,३,४ र ५ मा बिउ वितरण भइसकेको छ। वडा नम्बर २ र ६ मा केही दिनभित्रमा वितरण गरिनेछ।
कृषकहरुको माग अनुसार तोरीको बिउ अपुग भएमा पुनः पालिकाले खरिद गरेर बिउ प्रदान गर्ने पालिका अध्यक्ष श्रेष्ठले बताए। जतिसक्दो धेरै तोरी उत्पादन गरेर पालिकालाई खानेतेलमा आत्मनिर्भर बनाइनेछ। तोरी पेल्नको लागि पालिकाले मिल पनि सञ्चालनमा ल्याईनेछ। अध्यक्ष श्रेष्ठले भने।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology