• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

लगातार एक्सनमा नगरपालिका, काम नगर्ने दोश्रो ठेकेदारको मेशिनमा पनि तालाबन्दी

लगातार एक्सनमा नगरपालिका, काम नगर्ने दोश्रो ठेकेदारको मेशिनमा पनि तालाबन्दी


समायोजन खबर
  • मंगलबार, मंसिर १३ २०७९

  • समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काम अलपत्र पार्ने ठेकेदारको मेशिनमा तालाबन्दी गरेको छ। काम नगरी साइडमा भएको मेशिन अन्तै लैजान खोजेपछि ठेकेदारको दुईवटा ट्याक्टर(ना ६ त २६१/लु ३ त८७६८) र एक वटा स्काभेटरमा तालाबन्दी गरेको हो।

    दिक्तेलको हाँटडाँडा काफ्लेगाउँ घुम्तीवर सडक स्तरोन्नती गरिरहेको लगलगे कन्ट्रक्सन काठमाण्डौले टेकेटारमा राखेको मेशिन अन्तै लैजान खोजेपछि मंगलबार उपमेयर बिसन राईको उपस्थितिमा दिक्तेलका वडाध्यक्ष नवराज राई र लफ्याङका वडाध्यक्ष तथा नगर प्रवक्ता दिनेश घिमिरेले ट्याक्टर र स्काभेटरमा फलामे साङलो कसेर चाँबी लगाईदिएका हुन्। ट्याक्टरमा ब्रेकर मेशिन पनि रहेको छ।

    सडक स्तरोन्नतीको काम गर्नुको सट्टा अलपत्र पारेर ट्याक्टर, स्काभेटर अन्यत्र लैजान लागेपछि तालाबन्दी गर्नुपरेको नगर प्रवक्ता घिमिरेले बताए। नगर क्षेत्रभित्र सञ्चालित योजना अलपत्र पार्ने ठेकेदारको मेशिनमा नगरप्रमुख तीर्थराज भट्टराईको निर्देशनमा तालाबन्दी गरेका हौं । अब उहाँहरु नगरपालिकामा आएर काम गर्ने कबुलियतनामा गरेपछि मात्रै तालाबन्दी खोलिनेछ। घिमिरेले भने।
    कन्ट्रक्सनले सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगासँग २०७८ माघ २० गते ४६ लाख बजेटमा काम सक्नेगरी सम्झौता गरेको थियो। उसले अझै काम गर्न ९ महिना छ। तर, काम सम्पन्न गर्नुको सट्टा मेशिन ट्याक्टर नै लैजान खोजेपछि नगरपालिका एक्सनमा उत्रिएको हो। कामको सम्झौता, सकिने म्याद, प्रगतीको विवरणका विषयमा कन्ट्रक्सनका प्रतिनिधि शुसिल श्रेष्ठलाई बुझ्दा यक्किन थाहा नभएको र सघन शहरी विकास तथा भवन निर्माण आयोजनासँग बुझ्न भन्दै गैर जिम्मेवार जवाफ दिएका छन्।

    कन्ट्रक्सनले सडक स्तरोन्नतीका लागि भन्दै कटिङ गरेपछि र वाल लगाउन सडक खोलेपछि अहिले सडक धराप भएको छ। सामान्य पानी सडकमा पर्दा मात्रै ट्याक्टरसम्म कुदाउन हम्मे पर्छ। धुलै धुलो हुन्छ। निर्माण कार्य अपूरो हुँदा स्थानीयलाई शास्ती हुने, नगरको विकासमा अवरोध पुग्ने, विरामी आवतजावतमा समस्या हुने, ज्येष्ठ नागरिक अशक्त, बालबालिका र महिलालाई आवतजावत गर्न समस्या हुने र विरामीलाई जिल्ला अस्पताल ल्याउन समेत कठिनाई भईरहेको छ।यस्तै, यहि कन्ट्रक्सनले २३ लाख ६८ हजार बजेटमा भुते जिरो आयुर्बेद सडक स्तरोन्नती गरिरहेको कामको म्याद ८ महिना रहकोमा सो अवधिमा द्रुततर गतीमा काम गर्दा समेत योजना सम्पन्न गर्न कठिनाई हुने देखिएको नगरपालिकाले जनाएको छ।

    यसअघि, जिल्ला अस्पताल चोक लफ्याङ सडकखण्डको काम अलपत्र पार्ने ढुकुचु/बगाले/विएण्टी जेभीले लफ्याङमा राखेकोे मेशिनमा पनि नगरपालिकाले तालाबन्दी गरिदिएको थियो। तर, पछि ठेकेदार आएर नगरपालिकासँग काम गर्ने कबुलियतनामा गरेपछि ताला खोलिएको थियो। अहिले जेभीले स्पताल चोक लफ्याङ सडकखण्ड ३७ सय मिटर सडक ग्राभेलको काम धमाधम गरिरहेको छ।

    सम्बन्धित समाचार,बल्ल कायल भए ठेकेदार, काम गर्ने कबुलियतनामा, भोली मेसिनको ताला खोलिने 

    यो पनि,नगरपालिकाले ठेकेदारको मेसिनमा लगाएको ताला खोलियो(फोटोफिचर)

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology