समायोजन खबर खोटाङ, खोटाङ सेवा समाज कतारले जिल्ला कारागार खोटाङलाई पठनीय पुस्तक र फर्निचरका सामाग्रीहरु हस्तान्तरण गरेको छ। जिल्लाबाट रोजगारीको शिलशिलामा कतार पुगेका खोटाङगे नागरिकहरुको लगानीमा स्थापना भएको समाजले पुस्तकालय स्थापनाका लागि विभिन्न किसिमका पुस्तक र फर्निचर सामाग्रीहरु हस्तान्तरण गरेको हो।
समाजले शनिबार कारागारमा कार्यक्रम गरी विभिन्न विधाका २५५ थान पुस्तक, दुई थान पुस्तक राख्ने ¥याक, एक थान टेबल र एक थान बेन्च हस्तान्तरण गरेको खोटाङ सेवा समाज कतारका कोषाध्यक्ष रविन शेर्पाले जानकारी दिए।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई, सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश साहले कारागारका निमित्त जेलर सोमप्रसाद आचार्यलाई पुस्तक र पुस्तक राख्न फर्निचरका सामाग्रीहरु हस्तान्तरण गरेका हुन्।
समाजका वरिष्ठ उपाध्यक्ष वरिष्ठ उपाध्यक्ष डिल्लीशेर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा समाजका पूर्व सचिव उद्धव आचार्य, जनप्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थिति थियो।
पुस्तक र फर्निचरका सामाग्री बुझिएको र कैदीबन्दीले सहजै पाउनेगरी भित्र नै पुस्तकालय स्थापना गरिने निमित्त जेलर आचार्यले बताए। कारागारका कैदीबन्दीलाई पढ्न केही पुस्तकहरु भए पनि पर्याप्त पुस्तक थिएन। आचार्यले भने, ‘समाजले थप पुस्तक हस्तान्तरण गर्दा पढ्ने क्षमता भएका र पुस्तक पढ्ने बानी भएकाहरुले राम्रो ज्ञान हाँसिल गरेर घर फर्कन पाउने छन्।’
२०५४ सालमा स्थापना भएर जिल्लाका लागि दर्जनौ सामाजिक काम गर्दै आएको समाजले जिल्लाका लागि एक वटा एम्बुलेन्स, पञ्च मावि दिक्तेलमा प्राविधिक कक्षा सञ्चालनका लागि आर्थिक सहयोग, कालिका मावि बाकाचोलमा अक्षयकोष र शिद्धेश्वरी मावि खिदिमामा गरिब, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापना गरिसकेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology