समायोजन खबर खोटाङ, खोटाङमा प्रदेशसभा ‘क’ जितेपछि नेकपा एमालेले विजय जुलुस निकालेको छ। प्रदेशसभा ‘क’ मा गठबन्धनलाई परास्त गर्दै पाँचकर्ण राई पिकेले जितेपछि बिहीबार दिक्तेलबजारमा विजय जुलुस निकालेको हो।
पुष्पलाल स्मृति भवन भवनगैराबाट सुरु भएको विजय जुलुस हाटडाँडा–त्रिवेणीचोक–पूरानो वेसक्याम–रत्नपार्कसम्म पुगेर पुनः पार्टी कार्यालयमा आएर समापन भएको छ।
पिकेले गठबन्धनका उम्मेदवार विरबलकाजी राईलाई १ हजार १८९ मतले हराएका हुन्।
विजय जुलुसका क्रममा दिक्तेलको सल्लेरी टोलमा नेकपा माओवादी केन्द्रका अनुशासन आयोगका अध्यक्ष टंक राईले पिकेलाई बधाई दिएका छन्।
विजय जुलुसमा नेकपा एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार विशाल भट्टराई र प्रदेशसभा ख का उम्मेदवार रामप्रसाद दंगाल सहभागी थिए। भट्टराई र दंगाल भने गठबन्धनसँग पराजित भएका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology