• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मतान्तर फराकिलो बनाउँदै भुपेन्द्र राई

मतान्तर फराकिलो बनाउँदै भुपेन्द्र राई


समायोजन खबर
  • बुधबार, मंसिर ७ २०७९

  • समायोजन खबर खोटाङ, प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम अनुसार खोटाङको प्रदेशसभा ‘ख’ मा भुपेन्द्र राईले मतान्तर निक्कै फराकिलो बनाउँदै लगेका छन्। गठबन्धन (नेपाली कांग्रेस)का उम्मेदवार राईले निकटतम प्रतिद्धन्दी एमाले उम्मेदवार राम प्रसाद दंगाललाई १ हजार ७१ मतले पछि पार्दै मतान्तर फराकिलो बनाएका हुन्।

    मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत बुधबार मुख्य निर्वाचन अधिकृत(जिल्ला अदालत)को कार्यालयमा २३ हजार ५९७ मतगणना हुँदा गठबन्धनका उम्मेदवार राईले ११ हजार ३२१ मत पाउँदा एमालेका उम्मेदवार दंगाल १० हजार २५० मत पाएका छन्। ९४७ मत बदर भएको छ।

    यस्तै, जनता समाजवादी पार्टीका उम्मेदवार प्रेमकुमार राईले ७२०, मंगोल नेशनल अर्गनाइजेसन पार्टीका उम्मेदवार विमला राईले ९५, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार ध्यान प्रसाद ढकालले ९४, खम्बुवान राष्ट्रिय मोर्चा नेपालका उम्मेदवार सुवास राईले २७० मत पाएका छन्।
    अहिले पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना जारी छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology