• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पासाङ ८२७ मतले अघि, भट्टराई पछिपछि

पासाङ ८२७ मतले अघि, भट्टराई पछिपछि


समायोजन खबर
  • बुधबार, मंसिर ७ २०७९

  • समायोजन खबर खोटाङ, प्रतिनिधिसभाको मत परिणाम अनुसार खोटाङमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका रामकुमार राई पासाङले मतान्तर फराकिलो बनाउँदै लगेका छन्। उनले निकटतम प्रतिद्धन्दी एमाले उम्मेदवार बिशाल भट्टराईलाई ८२७ मतान्तरले पछि परेका छन्।

    मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत बुधबार मुख्य निर्वाचन अधिकृत(जिल्ला अदालत)को कार्यालय २० हजार ८८० मतगणना हुँदा गठबन्धनका उम्मेदवार पासाङले ९ हजार ७३५ मत पाउँदा एमाले उम्मेदवार भट्टराईले ८ हजार ९०८ मतमा चित्त बुझाउनु परेको छ। १ हजार ३९ मत बदर भएको छ।

    यस्तै, जनता समाजवादी पार्टीका उम्मेलदवार कृष्णकुमार राईले ६२८, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सर्जु श्रेष्ठले २६९, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार भोजराज बस्नेतले ४६, मंगोल नेशनल अर्गनाइजेसन पार्टीका उम्मेदवार दिपक मगरले ८८, आमूल परिवर्तन मसिहा पार्टीका उम्मेदवार चन्द्रमणि राईले ४४ र स्वतन्त्र उम्मेदवार जयन्द्रकुमार राईले १२३ मत पाएका छन्।अहिले पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना जारी छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology