समायोजन खबर खोटाङ, प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम अनुसार खोटाङको प्रदेशसभा ‘क’ मा गठबन्धन(नेकपा एकीकृत समाजवादी)का उम्मेदवार विरबलकाजी राईले अग्रता कायमै राखेका छन्। राईले निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवार पाँचकर्ण राई पिकेलाई १२८ मतले पछि परेका छन्।
मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत मंगलबार मुख्य निर्वाचन अधिकृत(जिल्ला अदालत)को कार्यालयमा ९ हजार ९७८ मतगणना हुँदा गठबन्धनका उम्मेदवार बिरवलकाजीले ३ हजार ८१५मत पाउँदा एमालेका उम्मेदवार पाँचकर्णले ३ हजार ६८७ मत प्राप्त गरेका छन्। ५०१ मत बदर भएको छ।
यस्तै, जनता समाजवादी पार्टीका उम्मेदवार राकेश राईले ८९५, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी लेनिनवालीका उम्मेदवार पदम प्रसाद आचार्यले ५१४, मंगोल नेशनल अर्गनाइजेसन पार्टीका उम्मेदवार प्रयाग राईले १८, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार केशव राईले १८, स्वतन्त्र उम्मेदवार कुमार प्रसाद भट्टराईले ४ र स्वतन्त्र उम्मेदवार धर्मराज पोखरेलले ५२६ मत पाएका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology