समायोजन खबर खोटाङ, खोटाङमा राती ९ बजेपछि मतगणना हुने भएको छ। सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय वैठकले सो निर्णय गरेको हो।
वैठकले प्रतिनिधिसभा र प्रदेशसभाको एकै समयमा तीन ठाउँमा मतगणना गर्ने निर्णय गरेको सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले जानकारी दिए।
मतगणनास्थलमा प्रत्येक उम्मेदवारको एक/एक जना प्रतिनिधि बस्न पाउने, प्रत्येक सिफ्टको आधारमा ५०० मतगणनाको परिणाम सार्वजनिक गर्ने र मतगणनास्थलमा प्रवेश पास पाएका प्रत्येक व्यक्तिको मादक पदार्थ सेवन परीक्षण गर्ने वैठकले निर्णय गरेको छ।
जिल्लामा ७४ हजार ९२७ जना पुरुष मतदाता र ६७ हजार ८३५ जना महिला मतदाता गरी कूल १ लाख ४२ हजार ७९२ मतदाता भए पनि ३५ हजार १८ पुरुष तथा ३२ हजार ३५५ महिला गरी कूल ६७ हजार ३७३ मत खसेको छ। निर्वाचनका लागि १३६ मतदानस्थल, १९४ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द रहेको थियो।
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको खोटाङमा प्रतिनिधिसभामा आठ जना, प्रदेशसभा ‘क’ मा आठ र प्रदेश ‘ख’ मा छ जना चुनावी प्रतिस्पर्धामा छन्।
प्रतिनिधिसभामा गठबन्धनका उम्मेदवार रामकुमार राई पासाङ र एमालेका उम्मेदवार बिशाल भट्टराईबिच कडा प्रतिष्पर्धा हुने देखिएको छ।
प्रदेश ‘ख’ मा गठबन्धनका उम्मेदवार भुपेन्द्र राई र एमाले उम्मेदवार रामप्रसाद दंगाल तथा प्रदेश ‘क’ मा गठबन्धनका उम्मेदवार बीरवलकाजी राई, एमाले उम्मेदवार पाँचकर्ण राई पिके र स्वतन्त्र उम्मेदवार धर्मराज पोखेरेलबिच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology