समायोजन खबर खोटाङ, खोटाङमा सबै मतपेटिका गणनास्थल आईपुगेको छ। १३६ मतदानस्थल, १९४ मतदान केन्द्र तथा दुई अस्थायी मतदान केन्द्रबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय(जिल्ला अदालत)मा मतपेटिका आईपुगेको हो।
आईतबार साँझ ५ बजेदेखि नै मतपेटिका आउन थाले पनि भौगोलिक रुपमा टाढा–टाढा मतदान केन्द्र भएकाले सोमबार करीव साढे ११ बजेसम्म सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आईपुगको सहायक निर्वाचन अधिकृत रामानन्द यादवले बताए। यादवका अनुसार वराहपोखरी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाको मतपेटिका आएसँगै रुजु गरेर मतपेटिका बुझ्ने काम भईरहेको छ।
सबै मतपेटिका गाडीमार्फत ल्याईएको हो। जिल्लाभर कूल ७७८ वटा मतपेटिका प्रयोग भएको छ।
मतपेटिका रुजु गर्दै बुझीसक्दा र व्यवस्थापन गर्दा करीव ३ बज्ने र त्यसपछि सर्वदलीय वैठक बसेर आचारसंहिता लगायत विभिन्न प्रावधान र निर्णय गर्दा साँझ पर्ने भएकाले करीव साँझको ७ अथवा ८ बजेबाट मतगणना सुरु हुन सक्ने जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए।
मतगणनाका लागि ३ वटा गणनाास्थल निर्माण गरिएको छ। गणनास्थललाई तारजालीले घेरिएको छ भने सीसी क्यामेरा पनि जडान गरिएको छ। सुरुमा प्रतिनिधिसभाको मतगणना हुनेछ।
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको खोटाङमा प्रतिनिधिसभामा आठ जना, प्रदेशसभा ‘क’ मा आठ र प्रदेश ‘ख’ मा छ जना चुनावी प्रतिस्पर्धामा छन्।
प्रतिनिधिसभामा गठबन्धनका उम्मेदवार रामकुमार राई पासाङ र एमालेका उम्मेदवार बिशाल भट्टराईबिच कडा प्रतिष्पर्धा हुने देखिएको छ।
प्रदेश ‘ख’ मा गठबन्धनका उम्मेदवार भुपेन्द्र राई र एमाले उम्मेदवार रामप्रसाद दंगाल तथा प्रदेश ‘क’ मा गठबन्धनका उम्मेदवार बीरवलकाजी राई, एमाले उम्मेदवार पाँचकर्ण राई पिके र स्वतन्त्र उम्मेदवार धर्मराज पोखरेलबिच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology