• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

रामकुमार राईलाई जिताउनुस मन्त्री हुने संम्भवाना छ : प्रचण्ड

रामकुमार राईलाई जिताउनुस मन्त्री हुने संम्भवाना छ : प्रचण्ड


समायोजन खबर
  • बुधबार, कार्तिक ३० २०७९

  • समायोजन खबर खोटाङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खोटाङको बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रामकुमार राई पासाङलाई जिताएर पठाएमा मन्त्री बनाउने संम्भवाना रहेको बताएका छन्।

    बुधबार दिक्तेलस्थित स्थानीय हेलिप्याडमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै राईलाई अत्याधिक बहुमतले जिताएर पठाएमा केन्द्रको मन्त्री हुने संम्भावना रहेको प्रचण्डले बताए।

    प्रदेश ख का भुपेन्द्र राई र प्रदेश क का बीरबलकाजी राईलाई पनि विजयी गराउनुस शेरबहादुर देउवा र माधबकुमार नेपालसँग कुरा गरेर उहाँहरुलाई पनि महत्वपूर्ण जिम्मेवारी दिलाउने प्रयास गर्नेछु। प्रचण्डले भने।

    मंसिर ४ को निर्वाचन सामान्य नभएर एक खालको जनमत संग्रह जस्तो हुनेछ। संविधानको रक्षा गर्ने, लोकतन्त्रको रक्षा गर्ने, संघीयताको रक्षा गर्ने, समावेशिताको रक्षा गर्नेको मत एकातिर र अर्कोतिर संविधान च्यात्न चाहाने, उल्ट्याउन चाहाने, राजतन्त्रतिर फर्काउन चाहाने अर्को गठबन्धन छ। प्रचण्डले भने, त्यसकारण दुई वटा गठबन्धनको बिचमा जनमत संग्रहको रुपमा निवार्चन हुंदैछ।

    गठबन्धनलाई जिताएर प्रतिगमनलाई सदाका लागि हराउनुछ । राजनीति स्थायित्व र विकासको नयाँ युगतिर नेपाललाई लानुछ। खोटाङको विकास र संमृद्धीको निम्ति र नेतृत्वका निम्ति पार्टी तथा सरकारको तर्फबाट पूरै सहयोग हुने उनले प्रतिवद्धता जनाएका छन्।

    देशभर घुम्दा सत्ता गठबन्धनको पक्षमा जनलहर देखा परीसकेको प्रचण्डको दाबी छ। चुनावी सभालाई प्रचण्डसँगै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशसरण महतले पनि सम्बोधन गरेका थिए। प्रचण्ड र महत हेलिकोप्टरमाफर्त खोटाङ आएका हुन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology