• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पूर्वप्रधानमन्त्री प्रचण्ड खोटाङ आउनुहुने

पूर्वप्रधानमन्त्री प्रचण्ड खोटाङ आउनुहुने


समायोजन खबर
  • आइतबार, कार्तिक २७ २०७९

  • नबनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

    समायोजन खबर खोटाङ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खोटाङ आउने हुनुभएको छ। बाम–लोकतान्त्रिक गठबन्धन खोटाङले कातिक–३० गते दिक्तेलबजारमा आयोजना गर्ने बृहत चुनावीसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री प्रचण्ड हेलिकोप्टरबाट खोटाङ आउने हुनुभएको हो।

    पूर्वप्रधानमन्त्री प्रचण्डसँगै नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत र नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव गङ्गालाल तुलाधरसमेत सोही हेलिकोप्टरमा खोटाङ आउनुहुने कार्यक्रम रहेको चुनाव प्रचारप्रसार समितिका संयोजक टङ्कबहादुर थापाले जानकारी दिनुभयो। हेलिकोप्टरमार्फत दिउँसो करिब तीन बजे खोटाङ आउनुहुने तीनैजना नेताहरुले दिक्तेलस्थित हेलिप्याडमा आयोजना गरिने बाम–लोकतान्त्रिक गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्नुहुने जनाइएको छ।

    प्रचण्डसहित तीनजना केन्द्रीय नेताहरु खोटाङ आउने हुनुभएपछि स्वागतका लागि तयारी थालिएको बाम–लोकतान्त्रिक गठबन्धनका चुनाव परिचालन समितिले जनाएको छ। चुनावीसभामा पूर्वप्रधानमन्त्री प्रचण्ड नै खोटाङ आउने हुनुभएपछि जिल्लाको सुरक्षा व्यवस्थासमेत कडा बनाउने तयारी गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले जानकारी दिनुभयो।

    एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको जिल्लामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)पार्टीबीच चुनावी तालमेल भएको छ। प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’, प्रदेशसभा (क)मा एकीकृत समाजवादीका १ नं. प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा (ख)मा काँग्रेसका १ नं. प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई उम्मेदवार रहनुभएको छ।

    एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा बाम–लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। एमालेबाट प्रतिनिधिसभा सदस्यमा पोलिटब्यूरो सदस्य एवम् निवर्तमान सांसद विशाल भट्टराई, प्रदेशसभा (क)मा प्रदेश समिति सदस्य एवम् संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’ र प्रदेशसभा (ख)मा जिल्ला अध्यक्ष रामप्रसाद दंगाल चुनावी मैदानमा उत्रनुभएको छ।

    प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेसनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राई उम्मेदवारी दिनुभएको छ। प्रतिनिधिसभा र प्रदेशसभा (क)मा स्वतन्त्रसहित आठ/आठ तथा प्रदेशसभा (ख)मा छ जना चुनावी मैदानमा उत्रिएका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology