समायोजन खबर खोटाङ, मंसिर ४ गते हुने निर्वाचनको नतिजा बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा आउनेमा कुनै दुविधा नभएको नेपाली कांग्रेस खोटाङका उपसभापति तीर्थराज भट्टराईले बताएका छन्।
शनिबार बराहपोखरी गाउँपालिकाको धर्तुङमा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धन हाम्रो आवश्यकताले नभई राष्ट्रिय आवश्यकता भएकाले गठबन्धनले चुनाव जित्नेमा दुविधा नरहेको भट्टराईले जिकिर गरे।
यो भन्दा अगाडीको स्थानीय तह निर्वाचनमा पनि गठबन्धन सफल भइसकेका कारणले अहिलेको निर्वाचनमा जित्ने विषयमा कुनै दुविधा रहने छैन उनले थपे।
बाम लोकतान्त्रिक गठबन्धनका प्रत्यक्षतर्फका नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य रामकुमार राई पासाङलाई गोलाकारभित्रको हँसिया हथौडा र गठबन्धनको प्रदेश ख का साझा उम्मेदवार नेपाली कांग्रेस प्रदेश १ का महामन्त्री भुपेन्द्र राईलाई रुख चुनाव चिन्हमा मतदान गर्न पनि भट्टराईले आग्रह गरे।
भट्टराईले समानुपातिकतर्फ नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरस्वती वजिमय र कमला राईलाई रुख चिन्हमा, यस्तै, समानुपातिक उम्मेदवारहरु जयप्रसाद आचार्य, श्यामकुमार राई, बम खत्री, संगीता राई लगायत माओवादी केन्द्र र नेकपा एसकाका उम्मेदवारलाई आ–आफ्नो पार्टीको चुनाव चिन्हमा भोट दिएर प्रतिगमनका नाइकेहरुलाई परास्त गर्न अनुरोध गरे।
नेकपा एमालेले विभिन्न भ्रमहरु जनताका विचमा फैलाएर गठबन्धनभित्र द्धोष फैलाउने काम गरिरहेका छन्। एकआपसमा भड्काउने कोशिष गरिरहेका छन्। त्यस्तो हल्लाको पछि नलाग्न बराहपोखरीबासी र सम्पूर्ण जिल्लाबासीलाई आग्रह गर्छ। भट्टराईल भने।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology