• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा गठबन्धनको चुनावी सभा सुरु

खोटाङमा गठबन्धनको चुनावी सभा सुरु


समायोजन खबर
  • शुक्रबार, कार्तिक १८ २०७९

  • सभालाई सम्बोधन गर्दै भुपेन्द्र राई।

    समायोजन खबर खोटाङ, आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै लोकतान्त्रि बाम गठबन्धनले खोटाङमा चुनावी सभा कार्यक्रम सुरु गरेको छ।

    गठबन्धनले शुक्रबार खोटेहाङ गाउँपालिकाको खोटाङबजारमा चुनावी सभा गरेको हो। त्यहाँको चुनावी सभामा गठबन्धनको प्रदेश ख का साझा उम्मेदवार कांग्रेस प्रदेश १ का महामन्त्री भुपेन्द्र राई र प्रतिनिधिसभाका उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य रामकुमार राई पासाङले सम्बोधन गरेका छन्।

    चुनावी सभालाई गठबन्धन घटक दलका शिर्षस्थ नेताहरुले पनि सम्बोधन गरेका छन्। प्रतिगमनकारी परास्त गर्न र मुलुकलाई संमृद्धीतर्फ लैजानका लागि गठबन्धनलाई मत दिन उम्मेदवारद्धयले आग्रह गरेका छन्।

    गठबन्धनले १९ कार्तिकमा साकेला गाउँपालिकाको केन्द्र मानेभन्ज्याङमा, २० कार्तिकमा ऐसेलुखर्क गाउँपालिकाको केन्द्र ऐसेलुखर्कबजार र २१ कार्तिकमा केपिलासगढी गाउँपालिकाको बाक्सिलाबजारमा तथा २२ कार्तिकमा रावाबेशी गाउँपालिकाको हरमटारमा चुनावी सभा गर्नेछ।

    यस्तै, २३ कार्तिकमा हलेसी तुवाचुङ नगरपालिकाको दुर्छिम छापडाँडा, २५ कार्तिकमा जन्तेढुंगा गाउँपालिकाको चिसापानीवजार, २६ कार्तिकमा बराहपोखरी गाउँपालिकाको धर्तुङमा, २८ कार्तिकमा दिप्रुङ चुईचुम्मा गाउँपालिकाको पञ्चमीबजार र २९ गते दिक्तेल रुपाकोट मझवागढी नगरपालिकाको दिक्तेलस्थित स्थानीय हेलिप्याडमा चुनावी सभा गर्ने गठबन्धनले जनाएको छ।

    चुनावी सभा सबै स्थानमा मध्यान्ह १२ बजेदेखि दिउँसो ४ बजेसम्म चल्नेछ। सभामा उम्मेदवार सबै र गठबन्धन घटक दलका शिर्षस्थ नेताहरुले सम्बोधन गर्नेछन्।
    गठबन्धनबाट प्रतिनिधिसभातर्फ पासाङ, प्रदेश ‘क’ मा नेकपा एसका बीरबलकाजी राई र प्रदेश ‘ख’ मा कांग्रेस प्रदेश १ का महामन्त्री राई उम्मेदवार छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology