• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आहाले-रेग्मीटार सडक स्तरोन्नती धमाधम, सञ्चालनमा ल्याउने तयारी

आहाले-रेग्मीटार सडक स्तरोन्नती धमाधम, सञ्चालनमा ल्याउने तयारी


समायोजन खबर
  • बुधबार, कार्तिक १६ २०७९

  • समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको आहालेबाट रेग्मीटारसम्म पुग्ने सडकको स्तरोन्नतीको काम थालिएको छ। दिक्तेलबाट आहाले हुंदै राजापानी र बतासेको रेग्मीटारसम्म पुग्ने छोटो दुरी सडकको स्तरोन्नती थालिएको हो।

    नगरपालिकाबाट र स्थानीय गौरवको योजना स्टीमेट अनुदान रकम ४० लाख तथा ६ लाख ७९ हजार ७२१ रुपैयाँ जनश्रमदान गरी ४५ लाख १९ हजार ७२१ रुपैयाँ बजेटमा उपभोक्ता समितिले स्तरोन्नतीको काम धमाधम गरिरहेको छ। ११ असोजबाट सुरु भएको स्तरोन्नतीको काम ३० फागुनमा सक्नुपर्नेछ।

    उक्त बजेटले तत्कालिन जिल्ला विकास समितिले खोलेको आहाले–रेग्मीटार ट्रयाकमा ७५० मिटर सडक स्तरोन्नती र ४३५ मिटर नाली निर्माण हुने आहाले रेग्मीटार सडक निर्माण उपभोक्ता समितिले जनाएको छ।

    कामको प्रगति बुझ्न तथा निर्देशनका लागि मंगलबार नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख बिसन राई, प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाई, दिक्तेलका वडाध्यक्ष नवराज राई, खाल्लेका वडाध्यक्ष खगेन्द्र राई निर्माणस्थलमा पुगेका थिए।

    दिक्तेल–खानीडाँडा–आहाले(करीव ११ किलोमिरट) सडकमा कालोपत्रेको काम अलपत्र छ। त्यही सडकको अन्तिम विन्दुबाट आहाले–रेग्मीटार सडक सुरु हुन्छ। हाल स्तरोन्नती भईरहेको यो सडकबाट तत्काललाई राजापानीको पुरानो गाउँ हुंदै रेग्मीटार निस्कन सकिन्छ।
    तत्कालिन जिल्ला विकास समितिले आहालेबाट राजापानीको घर्तीभीरसम्म र रेग्मीटारबाट पनि त्यही घर्तीभीरसम्म सिधा ट्रयाक खोलिएको थियो। घर्तीभीरमा रक भएकाले अहिलेसम्म दुबैतर्फको ट्रयाकलाई जोड्न सकिएको छैन।

    घर्तीभीरको रकलाई पनि कुनै प्रविधि प्रयोग गरेर दुबैतर्फको ट्रयाक जोड्ने विषयमा बृहत रुपमा लागि परिरहेको नगरप्रमुख भट्टराईले बताउनुभयो। अहिले दिक्तेलबाट महुरे, बुईपा, राजापानी हुंदै रेग्मीटार पुग्नुपर्छ। आहाले रेग्मीटारको सडक जोड्न सक्यौ भने दिक्तेलबाट सिधै डेढ घण्टामा रेग्मीटार पुग्न सकिन्छ। करीव डेढ घण्टा नै समय बचत हुन्छ। नगरप्रमुख भट्टराईले भन्नुभयो।

    नगरप्रमुख भट्टराईले हाललाई प्राप्त बजेटबाट आहालेबाट दिखुवाखोलासम्म सडक स्तरोन्नती गर्न उपभोक्ता समितिलाई पु¥याउन निर्देशन दिनुभएको छ। बाँकी नाली लगायतका कामका लागि पुनः वजेट व्यवस्थापन हुने मेयर भट्टराईले बताए। दिखुवाखोला पारीबाट थ्रिस्टार हाइड्रोपावर लिमिटेडले राजापानीको पूरानो गाउँसम्म सडक खोलेको छ।
    उक्त रुटमा नियमित यातायात सञ्चालन भएमा जिल्लामा खाद्यान्न, हार्डवयर, इन्धनको मुल्य प्रति केजीमा २ देखि ५ रुपैयाँसम्म घट्ने अनुमान गरिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology