• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ऐसेलुखर्क साविक वडा स्तरीय फुटबलको उपाधि साविक वडा ४ ए लाई

ऐसेलुखर्क साविक वडा स्तरीय फुटबलको उपाधि साविक वडा ४ ए लाई


समायोजन खबर
  • मंगलबार, कार्तिक ८ २०७९

  • समायोजन खबर खोटाङ, खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कमा सम्पन्न साविक वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि ऐसेलुखर्क साविक वडा ४ ए ले चुमेको छ।

    मंगलबार गोदाम चउरमा भएको फाइनल खेलमा ऐसेलुखर्क साविक वडा ६ लाई शुन्यका विरुद्ध १ गोलले हराउँदै ऐसेलुखर्क साविक वडा ४ ए ले प्रथम स्थान ओगटेको हो।

    ऐसेलुखर्क साविक वडा ५ ए ले तेश्रो स्थानमा चित्त बुझाएको छ। प्रतियोगिताका प्रथम, दोश्रो र तेश्रोले क्रमशः १७ हजार, १३ हजार र १० हजार नगदका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

    प्रतियोगितामा ऐसेलुखर्क साविक वडा ४ का प्रल्हाद राईले उत्कृष्ट खेलाडीको पुरस्कार पाएका छन्। राईलाई क्रोसियामा बस्दै आएका सुजन गिरीले नगद ४ हजार पुरस्कार प्रदान गरेका हुन्।

    यस्तै, अनुशासित खेलाडी ऐसेलुखर्क साविक वडा ६ का उमेश तामाङ, सर्वाधिक गोलकर्ता ऐसेलुखर्क साविक वडा ६ का सविन तामाङ र उत्कृष्ट गोलरक्षक ऐसेलुखर्क साविक वडा ४ का देवराज श्रेष्ठ भएका छन् । उनीहरुले मेडल र प्रमाण पत्र पाएका छन्।

    विजयी टिम तथा उत्कृष्ट खेलाडीहरुलाई ऐसेलुखर्क गाउँपालिका उपाध्यक्ष राजेश कुमार राजभण्डारी र ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले पुरस्कार वितरण गरेका छन्। प्रतियोगिताका लागि नमस्ते सुपर खोटाङ भोजपुर यातायात प्रालिका सुपरभाइजर चन्द्र राईले आर्थिक र भौतिक सहयोग गरेका छन्।

    ऐसेलुखर्क खेलकुद विकास समितिको आयोजनामा ६ कार्तिकबाट सुरु भएको प्रतियोगितामा साविक वडा ४ र ५ बाट दुई/दुई टिम गरी ८ टिमको सहभागिता रहेको थियो। साविक वडा १, ३, ७ र ९ ले प्रतियोगितामा सहभागिता जनाएको थिएन। प्रतियोगिता सञ्चालनका लागि ऐसेलुखर्क वडाले आर्थिक सहयोग गरेको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology