• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि सोल्मा हट मिलनले चुम्यो

जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि सोल्मा हट मिलनले चुम्यो


समायोजन खबर
  • सोमबार, कार्तिक ७ २०७९

  • समायोजन खबर खोटाङ,खोटाङको केपिलासगढी गाउँपालिका–३ बासपानीमा आयोजित जिल्ला स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि सोल्मा हट मिलन टिमले चुमेको छ।

    स्थानीय खकलुङ युनाइटेड क्लब बासपानीले खोक्मा खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा खार्मी फुटबल क्लब खार्मी दोश्रो तथ फाईनलिस्ट खकलुङ युनाइटेड क्लब ए र युनिटी क्लब सिमपानी भएको छ।

    प्रतियोगितामा प्रथम हुने सोल्मा हट मिलन टिमले ३० हजार, दोश्रो खार्मी फुटबल क्लबले २० हजार र फाईनलिस्ट खकलुङ युनाइटेड क्लब ए र युनिटी क्लब सिमपानीले १०/१० हजारका साथमा मेडल र प्रमाण पत्र प्राप्त गरेको खकलुङ युनाइटेड क्लब बासपानीका अध्यक्ष प्रताप राईले बताए।

    ४ कार्तिकबाट भएको प्रतियोगिता आज समापन भएको हो। प्रतियोगितामा १९ टिमले सहभागिता जनाएको थियो। विजयी टिमलाई प्रदेश नं. १ का सामाजिक विकास मन्त्री राजन राईले पुरस्कार प्रदान गरेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology