समायोजन खबर खोटाङ, खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कमा साविक वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ। ऐसेलुखर्क खेलकुद विकास समितिको आयोजनामा दीपावलीको अवसर पारेर आईतबार (भोली)बाट स्थानीय गोदाम चउरमा प्रतियोगिता हुने भएको हो।
प्रतियोगितामा साविकका नौ वडाले सहभागिता जनाउने छन्। प्रतियोगितामा सहभागिताका लागि प्रवेश शुल्क ५५५ राखिएको ऐसेलुखर्क खेलकुद विकास समिति अध्यक्ष ज्ञान बहादुर श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुुसार प्रतियोगितामा प्रथम हुने टिमले १७ हजार, दोश्रो टिमले १३ हजार र तेश्रो हुने टिमले १० हजार नगदका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि ऐसेलुखर्क वडाले आर्थिक सहयोग गरेको हो। प्रतियोगिताको ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राईले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
यस्तै, प्रतियोगिताका लागि नमस्ते सुपर खोटाङ भोजपुर यातायात प्रालिका सुपरभाइजर चन्द्र राईले आर्थिक, भौतिक, नैतिक सहयोग गर्ने बताएका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology