समायोजन खबर खोटाङ, खोटाङमा देउसी भैलो कार्यक्रम राती १० बजेसम्म मात्रै खेल्न(सञ्चालन) पाईने भएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै देउसी भैलो राती १० बजेसम्म मात्रै खेल्न अनुरोध गरेको छ।
प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाईले शनिबार जारी गरेको सूचनामा सार्वजनिक स्थलहरुमा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने, झै–झगडा गर्ने, जुवा तास खेल्ने जस्ता कार्य समेत नगर्न अनुरोध गरिएको छ।
भुईचम्पा, पटका, रकेट जस्ता विस्फोटक र ज्वलनशील पदार्थको प्रयोगले आगलागी हुने धनजनको क्षति हुने तथा मानव स्वास्थ्य र वातावरणमा समेत प्रतिकुल असर पर्ने भएकोले यस्ता वस्तुहरुको ओसारपसार खरिद बिक्री र प्रयोगमा पूर्णतः रोक लगाईएको प्रजिअ सेडाईले बताए।
कोही कसैबाट यस प्रकारका गैर कानूनी क्रियाकलाप भए गरेको पाईएमा प्रचलित कानून बमोजिम कडा कारवाही गरिने पनि सूचनामा जनाईएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology