• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साकेला गाउँपालिकामा १८ जना जग्गादातालाई सम्मान

साकेला गाउँपालिकामा १८ जना जग्गादातालाई सम्मान


समायोजन खबर
  • शनिबार, कार्तिक ५ २०७९

  • समायोजन खबर खोटाङ, साकेला गाउँपालिकाले निशुल्क जग्दा दिने १८ जना जग्गादाताहरुलाई सम्मान गरेको छ। वडादशै, शुभदिपावली, छठ, क्रिष्मस, साकेला उद्यौलीको अवसर पारेर शुक्रबार आयोजना गरेको शुभकामना आदन प्रदान तथा जग्गादाता सम्मान कार्यक्रमको अवसरमा जग्गादाताहरुलाई सम्मान गरिएको हो।

    गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि १० रोपनी जग्गा निशुल्क प्रदान गर्नुहुने साकेला(द्ध, निवासी काजीबहादुर खत्री, ३ रोपनी जग्गा प्रदान गर्नुहुने राजकुमार सुवेदी, ५ रोपनी जग्गा निशुल्क दान गर्नुहुने भिम बहादुर सुवेदी, ६ रोपनी जग्गा निशुल्क प्रदान गर्नुहुने बलराम राई र १ रोपनी जग्गा प्रदान गर्नुहुने विष्णुकुमारी कटवाललाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो।
    पालिकाले चण्डेश्वरी आधारभूत विद्यालय बाँझेच्यानडाँडाको नाममा १ रोपनी निशुल्क जग्दा प्रदान गर्नुहुने सोही स्थानका पदमबहादुर कामी, साकेला स्वास्थ्यचौकी रतन्छाको नाममा ७ रोपनी निशुल्क जग्दा दान गर्नुहुने मानबहादुर राईलाई पनि सम्मान गरेको छ। त्यसैगरी, वडा कार्यालय रतन्छाको नाममा २ रोपनी ५ आना जग्गा निशुल्क प्रदान गर्नुहुने रुपेश राईलाई पनि सम्मान गरिएको छ। त्यस्तै साकेला आधारभूत अस्पताल निर्माणका लागि ४ रोपनी ८ आना जग्गा निशुल्क जग्गा प्रदान गर्नुहुने तुलराम राई, ३ रोपनी ६ आना जग्गा प्रदान गर्नुहुने रामकुमार राई र १ रोपनी २ आना जग्गा निशुल्क प्रदान गर्नुहुने सञ्जय राईलाई पनि सम्मान गरिएको छ।

    त्यसैगरी ४ नम्बर वडा कार्यालयको नाममा १र१ रोपनी जग्गा दान गर्नुहुने प्रेमकुमार श्रेष्ठ, पदम बहादुर श्रेष्ठ, ईन्द्रबहादुर श्रेष्ठ र ३ रोपनी जग्गा दिनुहुने देउकुमार श्रेष्ठलाई पनि सम्मान गरिएको छ । आधारभूत स्वास्थ्य इकाईको भवन निर्माण गर्न ३ रोपनी ८ आना र धनबरे खेलमैदान साकेला(४ लाई ४ रोपनी जग्गा निशुल्क प्रदान गर्नुहुने विष्णुमाया श्रेष्ठलाई पनि सम्मान गरिएको छ । त्यसैगरी आधारभूत स्वास्थ्य इकाई साकेला(४ को भवन निर्माणका लागि १ रोपनी जग्गा निशुल्क प्रदान गर्नुहुने हिरामाया श्रेष्ठ र ८ आना जग्गा दिनुहुने सोही स्थानका पूर्ण कुमारी श्रेष्ठलाई पनि दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो। गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राई, पूर्व अध्यक्ष अर्जुन कुमार खड्का झङकार, उपाध्यक्ष बिर्सिका राई र पूर्व उपाध्यक्ष सरीता खड्काले जग्गादाताहरुलाई संयुक्त रुपमा प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो।

    त्यसैगरी सोही कार्यक्रमको अवसर पारेर साकेला गाउँपालिका शिक्षा शाखाद्धारा प्रकाशित शैक्षिक पार्श्वचित्र बिमोचन गरिएको छ। पालिकाका २८ वटा माध्यमिक र आधारभूत विद्यालयको आर्थिक, शैक्षिक, भौतिक सहित सम्पूर्ण विषय समेटिएको पार्श्वचित्रको विमोचन गरिएको हो । सो अवसरमा विभिन्न संघसंस्था, विद्यालय, राजनैतिक दलका प्रतिनिधि, जनप्रतिनिधिहरुले शुभकामना व्यक्त गर्नुभएको थियो। यसअघि गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राई, उपाध्यक्ष बिर्सिकाले पालिकाको सबै वडामा पुगेर शुभकामना प्रदान गर्नुभएको थियो। पालिकाको पाँच वटै वडाले आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रमको अवसरमा वडाबासीहरुलाई शुभकामना प्रदान गर्नभएको थियो। गत सोमबार वडा नं. ३ खिदिमा र वडा नं. ४, मंगलबार वडा नं. १, बुधबार वडा नं. २ रतन्छा र वडा नं. ५ मात्तिमबिर्तामा भएको कार्यक्रम मार्फत वडावासीहरुलाई शुभकामना प्रदान गर्नुभएको हो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology