समायोजन खबर खोटाङ, नवौं राष्ट्रिय खेलकुद अन्तर्गत नेपाल सितोरियो कराते संघ खोटाङले चार पदक जितको छ। पर्वतको कुश्मामा भएको प्रतियोगितामा खोटाङ करातेले दुई रजत र दुई कास्य पदक जितेका हुन्।
महिला टिम कातामा रोश्मा राई, विद्याकला राई र समिता राईले रजत पदक तथा महिला कुमितेको ५५ केजी तौल समुहमा विद्याकला राईले रजत पदक जितेकी हुन्।
यस्तै, महिला कुमितेको ६८ केजी तौल समुहमा मिसडोना राई र पुरुष कुमितेको ७५ केजी तौलमा रुरिहाङ दुमी राईले कास्य पदक जितेका छन्।

उनीहरु प्रदेश नम्बर १ को प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा उत्रिएका थिए। कुश्मामा गएको असोज २८ गतेदेखि नवौं राष्ट्रिय खेलकुद अन्तर्गत कराते प्रतियोगिता भईरहेको छ। प्रतियोगिता भोली सकिनेछ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology