समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी वित्तीय साक्षरता कक्षा संचालन गरिएको छ।
रेमिट्यान्सको सदुपयोग, व्यवस्थापन गर्दै उद्यमशिलता विकास आय आर्जनमा वृद्धि गर्ने लक्ष्यले सामी कार्यक्रम अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा र नुनथलामा वित्तीय साक्षरता कक्षा संचालन भईरहेको हो।
वित्तीय साक्षरता कक्षामा वैदेशिक रोजगारीमा संलग्न व्यक्तीका परिवार, विशेष गरेर महिला सदस्यहरु सहभागी छन्। २० देखि २५ जनाको समुह बनाएर लगातार २१ हप्तासम्म निरन्तर वित्तीय साक्षरता कक्षा संचालन गरिने सामी परियोजनाका कार्यक्रम संयोजक ओजोन बाबु आचार्यले बताए।
वित्तीय साक्षरता कक्षामा रेमिट्यान्स सदुपयोग, व्यवस्थापन गर्दै उद्यमशिलता विकास आय आर्जनमा वृद्धि, व्यवसायिकता, साथसाथै अन्य आर्थिक, व्यवहारिक विषयवस्तुहरुमा छलफल हुनेछ। वैदेशिक रोजगारको कारणले परिवार तथा व्यक्तिहरुमा हुने पिर, चिन्ता, हिंसा लगायतका मनोसामाजिक समस्यामा परामर्श समेत दिईने आचार्यले बताए।
अघिल्लो आर्थिक वर्षमा नेर्पा र बुईपामा रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी वित्तीय साक्षरता कक्षा संचालन गरिएको थियो। बाँकी वडाहरुमा क्रमशः वित्तीय साक्षरता कक्षा संचालन गरिनेछ। यस्तै, वित्तीय साक्षरता कार्यक्रम हलेसी तुवाचुङ नगरपालिका र केपिलासगढी गाउँपालिकाले पनि संचालन गरिरहेको छ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासहित हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका र खोटेहाङ गाउँपालिकाले सामी कार्यक्रम संचालन गरिरहेका छन।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology