समायोजन खबर खोटाङ, खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कमा अवस्थित ऐसेलुखर्कबजारको अनुगमन गरिएको छ। चाडबाड नजिकिएसँगै उपभोक्ता हतहितका लागि सोमबार घरेलु तथा साना उधोग अधिकृत भेषराज खत्रीको संयोजकत्वमा बजार अनुगमन गरिएको हो।
बजार अनुगमनका क्रममा ६ प्रकारका खाद्यान्नको उपभोग्य मिति समाप्त भएको पाईएको थियो। म्याद गुजे्रका ओरेन्ज जुस ४५ वटा, डाइजेस्टिक विस्कुट ८ वटा, जिरा ५३ पोका, टप विस्कुट ४ वटा, अजिना ११ पोका र पूर्णिमा धुलो खुर्सानी ४ पोका जफत गरिएको थियो।
जफत गरिएको खाद्यान्नका सामानलाई गाउँपालिकाको कार्यालय नजिक जलाएर नष्ट गरिएको छ। ५ हजार ३५० रुपैयाँको म्याद गुज्रेका खाद्यान्न सामान जफत गरेर नष्ट गरिएको घरेलु तथा साना उधोग दिक्तेलका सलेखापाल प्रेमकुमार राईले जानकारी दिए।
बजार अनुगमनमा उधोग अधिकृत खत्री, इलाका प्रशासन कार्यालय ऐसेलुखर्कका कर्मचारी राजेन्द्र प्रसाद भुर्तेल, इलाका प्रहरी कार्यालय ऐसेलुखर्कका प्रहरी सहायक निरीक्षक राम विनय यादव, ऐसेलुखर्क गाउँपालिकाका रोजगार संयोजक कृर्ति कुमार राई, उधोग वाणिज्य संघ ऐसेलुखर्कका सदस्य देश बहादुर विक सहभागी थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology