समायोजन खबर खोटाङ, खोटाङबाट प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार जयन्द्र कुमार राईले चुनाव चिन्ह ‘सूर्यमुखी फूल’ पाएका छन्।
मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राईले उक्त चुनाव चिन्ह पाएका हुन।
रङ्गभेदि, पुरातनवादी चिन्तनको पर्खाल ढाल्न, सङकीर्ण सोचले ग्रसित जातिय अतिवादको जन्जीर तोड्न, युगौदेखिको शोषण, दमन, उत्पिडन, अन्याय, अत्याचार र अन्धकारको पहाडलाई सधैका लागि अन्त्य गर्न आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको राईले बताए।
२१ औं शताब्दीको युगमा नयाँ इतिहासको रुपरेखा कोर्दै मानवतावादको सिद्धान्त लागू गर्न पनि उम्मेदवारी रहेको उनको भनाई छ।
स्वतन्त्र उम्मेदवार राई हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका स्थानीयवासी हुन्। एक प्रतिनिधिसभा रहेको खोटाङमा स्वतन्त्र उम्मेदवार राईसहित ८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology