• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

धर्मराज पोखरेलको स्वतन्त्र उम्मेदवारी कायमै

धर्मराज पोखरेलको स्वतन्त्र उम्मेदवारी कायमै


समायोजन खबर
  • बुधबार, असोज २६ २०७९

  • समायोजन खबर खोटाङ, नेपाली कांग्रेस खोटाङका महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलको स्वतन्त्र उम्मेदवारी कायमै रहने भएको छ।
    मंसिर ४ गते हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले गत आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएको उम्मेदवारी फिर्ता लिन परेमा आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म समय निर्धारण गरेको थियो।

    तर, सो समयमा पोखरेलले उम्मेदवारी फिर्ता नलिएपछि उनको उम्मेदवारी कायम रहेको सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताए । यादवका अनुसार स्वतन्त्र उम्मेदवारहरुलाई दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म चुनाव चिन्ह प्रदान गरिनेछ।

    सत्ता गठबन्धन दलले खोटाङ कांग्रेसलाई टिकट बागबण्डामा अन्याय गरेको भन्दै पोखरेलले गठबन्धनकै विरुद्ध प्रदेश ‘क’ मा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए।

    यस्तै, गठबन्धनकै विरुद्ध प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गरेका कांग्रेसका महाधिवेशन प्रतिनिधि सर्वधन राई र प्रदेश ‘क’ मा उम्मेदवारी दर्ता गरेका कांग्रेसका महाधिवेशन प्रतिनिधि सुवासकुमार पोखरेलले आफ्नो उम्मेदवारी फिर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology