समायोजन खबर खोटाङ, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सुवासकुमार पोखरेलले उम्मेदवारी फिर्ता गरेका छन्।
मंसिर ४ गते हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि खोटाङको प्रदेश ‘क’ मा उम्मेदवारी दर्ता गरेका उनले बुधबार उम्मेदवारी फिर्ता गरेका हुन्।
निर्वाचन आयोगले गत आईतबार दर्ता भएको उम्मेदवारी फिर्ता लिन परेमा आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म समय निर्धारण गरेको थियो। सोही अनुसार कांग्रेसका पूर्व पार्टी सभापति समेत रहेका पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दर्ता आफ्नो उम्मेदवारी फिर्ता गरेका हुन्।
सत्ता गठबन्धन दलले खोटाङ कांग्रेसलाई टिकट बागबण्डामा अन्याय गरेको भन्दै पोखरेलले गठबन्धनकै विरुद्ध प्रदेश ‘क’ मा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए।
उम्मेदवारी दर्ताका दिन पत्रकारसँग कुरा गर्दै ९०० सय मत रहेको पार्टीलाई प्रदेश ‘क’ को टिकक दिने र मतभार सबैभन्दा बढी भएको कांग्रेसलाई एकवटामा सिमित राख्ने भन्दै गठबन्धन दलका नेताप्रति पोखरेलले आक्रोश व्यक्त गरेका थिए।
सोही अवसरमा तपाईको उम्मेदवारी फिर्ता हुन्छ कि हुन्न भन्ने पत्रकारको प्रश्नमा उनले ठ्याक्कै जवाफ दिन सकेका थिएनन्।
गठबन्धनका शीर्ष नेताहरूले हिजो मंगलबार बैठक बसेर बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीले निष्कासन गर्ने चेतावनी दिएपछि पनि पोखरेलको उम्मेदवारी फिर्ता भएको हुनसक्ने अनुमान गरिएको छ। उम्मेदवारी फिर्ताका विषयमा उनलाई सम्पर्क गर्दा फोन उठेन।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology